विश्वकप फुटबलका लागि ब्राजिलको टिम घोषणा

कात्तिक २२, यही नोभेम्बर २० देखि कतारमा सुरु हुने फिफा विश्वकप फुटबलका लागि उपाधि दाबेदार मानिएको ब्राजिलले टिम घोषणा गरेको छ । ब्राजिलले सोमबार २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । सर्वाधिक पाँच पटकको च्याम्पियन ब्राजिलले अनुभवी र युवा खेलाडीको मिश्रणमा बलियो टोली बनाएको छ ।
पछिल्लो पटक २००२ मा एसियामै भएको विश्वकप जितेको ब्राजिल छैटौं उपाधि जित्ने लक्ष्यमा छ । विश्वकप २०२२ मा ब्राजिल समूह जी मा छ । यस समूहमा सर्बिया, स्वीट्जरल्याण्ड र क्यामरुन छन् । ब्राजिलले पहिलो खेल नोभेम्बर २४ मा सर्बियाविरुद्ध खेल्नेछ ।
ब्राजिलको टोली
गोलकिपर : एलिसन बेकर, एडरसन मोराएस, वेभर्टन
डिफेन्डर : ड्यानी आल्भेस, थियागो सिल्भा, मार्किन्होस, ड्यानीलो, एलेक्स सान्ड्रो, एडर मिलिटाओ, एलेक्स टेलेस, ब्रेमर
मिडफिल्डर : क्यासेमिरो, फाबिन्हो, लुकास पाक्वेटा, फ्रेड, ब्रुनो गुइमराएस र एभर्टन रिबिएरो
फरवार्ड : नेमार, रिचारलीसन, भिनीसियस जुनियर, एन्टोनी सान्तोस, गाब्रीएल जेसस, राफिन्हा, रोड्रीगो, पेड्रो, गाब्रीएल मार्टिनेली