११ हजार कर्मचारी कटौती गर्ने निर्णयपछि जुकरबर्गले मागे माफी

कार्तिक २४, २०७९


फेसबुक, इस्टाग्राम र ह्वाट्सएप स्वामित्वमा रहेको मेटाले आफ्नो कार्यबलको १३ प्रतिशत कर्मचारी कटौती गर्ने भएको छ । मेटाले  ११ हजार कर्मचारी कटौती गर्ने भएको हो । विभिन्न देशका गरी मेटाका ८७ हजार कर्मचारी छन् ।  मेटाका प्रमुख कार्यकारी मार्क जुकरबर्गले कटौतीहरू ‘मेटाको इतिहासमा सबैभन्दा कठिन परिवर्तन’ भएको बताए ।

‘मलाई थाहा छ यो सबैका लागि कठिन छ । म विशेष गरी प्रभावित भएकाहरूप्रति माफी चाहन्छु,’,  प्रमुख कार्यकारी जुकरवर्गले एक विज्ञप्तिमा लेखे ।

जुकरबर्गले महामारीको समयमा फर्मको राजस्वमा भएको बृद्धिको आधारमा दीर्घकालीन अपेक्षाहरूलाई दोष दिए । ‘धेरै व्यक्तिहरूले यो स्थायी गति हुने भविष्यवाणी गरेका थिए’ उनले लेखे, ‘मैले पनि गरें, त्यसैले मैले महत्वपूर्ण रूपमा हाम्रो लगानी वृद्धि गर्ने निर्णय गरें ।’