चोरी गरेको सुनका गहना र नगदसहित एक जना पक्राउ

कार्तिक २७, २०७९


तुलसीपुर, २७ कात्तिक ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरले चोरी भएको सुनका गहना र नगदसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेका बाँकेको खजुरा गाउँपालिका वडा नं. २ निवासी ४२ वर्षीय राजेन्द्र सुनार रहेका छन् । सुनारलाई तुलसीपुर उपमहानगरपालिका वडा नं. १० गोलौरा स्थित कृष्ण दमाईको घरमा शंकास्पद रुपमा बसिरहेको अवस्थामा शनिवार बेलुका ७ बजेको समयमा प्रहरीले पक्राउ गरेको हो ।

शंकास्पद रुपमा रहेका सुनारलाई खान तलासी गर्दा उनको साथ रहेको पहेलो रङको झोलामा लुकाई राखेको सुनका गहना र नगद ४४ हजार ३०१ रुपैया बरामद गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रवत केसीले जानकारी दिए । सुनारले उक्त गहना र नगद दैलेख नगरपालिका वडा नं. ८ हाल नेपालगञ्जको पुष्पलाल चोक बस्ने राधा भण्डारीले सञ्चालन गरेको दुल्लु दरवार होटलबाट चोरी गरेर ल्याएको प्रहरीलाई वयान दिएका छन् ।

प्रहरीले बरामद गरेका गहनाहरु
हरियो पोते सहितको छड्के तिलहरी १ थान ।
रातो पोते सहितको तिलहरी १ थान ।
सिक्रि १ थान ।
चुरा १ थान ।
बाला २ थान ।
चन्द्रमा १ थान।
किलिप २ थान ।
रातो पोतेसहितको सानो मंगलसुत्र १ थान ।
कालो पोते सहितको ईण्डियन मंगलसुत्र १ थान ।
औठी १ थान ।
कालो पोतेमा सानो माला १ थान ।
औठी १ थान ।
पाउजु २ थान ।
नेपाली र भारतिय रुपैया गरी जम्मा रुपैया ४४३०१ नगद ।