पाकिस्तानलाई हराउँदै इङ्ग्ल्यान्डले जित्यो टी–२० विश्व कपको उपाधि

कार्तिक २७, २०७९


कात्तिक २७, पाकिस्तानलाई हराउँदै इङ्ग्ल्यान्डले टी–२० विश्व कप २०२२ को उपाधि जितेको छ । आज आइतवार मेलबर्नमा भएको फाइनल खेलमा इङ्ग्ल्यान्डले पाकिस्तानलाई पाँच विकेटले हरायो । पाकिस्तानले दिएको एक सय ३८ रनको लक्ष्य इङ्ग्ल्यान्डले १९ ओभरमा पाँच विकेट गुमाएर भेटायो । उसका लागि बेन स्टोक्सले नटआउट ५२ र जोस बटलरले २६ रन बनाए । बलिङतर्फ पाकिस्तानका हरिस रउफले दुई विकेट लिए ।

यसअघि पाकिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ३७ रन बनायो । उसका लागि शन मसुदले ३८ र बाबर आजमले ३२ रन बनाए । बलिङतर्फ इङ्ग्ल्यान्डले साम करनले तीन तथा आदिल रशिद र क्रिस जोर्डनले दुईरदुई विकेट लिए । यो उपाधिसँगै इङ्ग्ल्यान्डले टी–२० विश्व कपमा उपाधि सङ्ख्या दुई पुर्‍याएको छ । यसअघि सन् २०१० को टी–२० विश्व कप फाइनलमा अस्ट्रेलियालाई सात विकेटले हराउँदै इङ्ग्ल्यान्डले उपाधि जितेको थियो ।