सलोन बस्नेत अभिनित फिल्म ‘मीलन’ को आइटम गीत सार्वजनिक

कार्तिक २९, २०७९


कात्तिक २९, मंसिर ९ गतेदेखि प्रदर्शन हुने फिल्म ‘मीलन’ को नयाँ गीत ‘अलिअलि पिएपछि’ बोलको आइटम गीत सार्वजनिक भएको छ । सोमबार सार्वजनिक गीतमा बबिना किराती र कृष्ण केसीको स्वर छ ।

शब्द तथा संगीत फिल्म निर्देशक टेक पौरखी राईकै छ । गीतको भिडियोमा प्रमुख कलाकारहरु सलोन बस्नेत र कुशल शाह ठकुरीसँगै शिल्पा थापालाई देख्न सकिन्छ । गीतको नृत्य निर्देशन कविराज गहतराजले गरेका छन् । यसअघि ‘तिम्रो इसारा काफी छ, बोलको गीतसँगै ट्रेलर र पोस्टर सार्वजनिक भइसकेको छ ।

प्रवीण थापा निर्माता रहेको यो फिल्ममा सलोन, कुशल र शिल्पासँगै शिशिर बाङ्देल, विशाल पहाडी, जानुका पौडेल ब्याकुली, सुमिन गुरुङ, रेजिना एक्चै मगर, डेनियल खड्का र करण थापा मगरको अभिनय छ । काठमाडौं र कालिञ्चोकमा खिचिएको फिल्म ‘मीलन’ ले निर्वाचनपछिको मितिमा दर्शकको उल्लेख्य उपस्थिति हुने आशा राखेको छ ।