बिगतमा गरेका कामलाई समिक्षा गरेर मत दिनुस : दीपक गिरि

कार्तिक ३०, २०७९


कात्तिक ३० । दाङ क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दीपक गिरिले बिगतमा गरेका कामलाइ मुल्यांकन गरेर मत दिन मतदातालाई आग्रह गरेका छन । तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ खाद्रेमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दे गिरीले भने, इतिहासमा कसले के–कति काम गरे, म आफु पनि मन्त्री हुदाँ पनि जिल्लामा विकासका कामहरु कति भए बुझ्नुस तब मात्र मत दिनुस् । त्यस्तै उनले वलि सरकारले मुलुकको राष्ट्रियता र संविधानलाई धरापमा पार्न खोजिरहदाँ यसको रक्षाका लागि गठबन्धन बनेको तर्क गरे ।

उनले भने, जतिबेला म तपाईहरुको अभिमतले मन्त्री थिए, त्यो बेला दाङको मुहार बदल्ने प्रयत्न गरे, धेरै बोरिङ, टठबन्धनका कामहरु भए, ति प्रयाप्त भएनन्, किसानहरुकै सहजताका लागि बृहत सिचाँई आयोजना तुलसीपुरमा स्थापना गरे,ज सका कारण आज ति किसानहरुले सिन्चित गर्न पाइराखेका छन । नेपाली कांग्रेसका केन्द्रिय सदस्य÷पुर्व मन्त्री समेत रहेका गिरीले जिल्लामा धुलाम्य सडक कालोपत्रे गर्ने, जलासय, खानेपानी, महिला तथा युवाहरुलाई स्वरोजगारका कार्यक्रमहरु संघिय सरकारबाट बजेट बिनियोजन गरेर योजनाबद्ध तरिकाले सञ्चालन गर्ने प्रतिबद्धता जनाए । उनले चमेरीगुफा÷खुमखानीको क्षेत्रलाई पर्यटकीय स्थल बनाउन जरुरी रहेको बताउँदै सबैभन्दा पहिलो सबैबाटो कालोपत्रे गरेर बाह्य पर्यटकहरु आउने गरि यसको विकास गर्ने समेत बताए ।

कार्यक्रममा दाङ क्षेत्र नं. ३ (क) का प्रदेश सभा सदस्य पदका उम्मेदवार डिल्ली बहादुर चौधरीले तुलसीपुरलाई नामको मात्र उपमहानगरपालिका बनाइएको तर्क गरे । पहिलेका मेयरले ऋणको भारी बोकाएर जानुभो,अहिले त सबै पैसा सकिएपछि सुत्केरी भत्ता समेत रोकिएछ, चौधरीले भने, नेता धनी बन्ने जनतालाई गरिब बनाउन काम भयो, चिन्ता नगर्नुहोस् अब हामीले यस ठाँउलाइ बिकास गरेर देखाउछौँ । उनले प्रतिपक्षले स्मार्ट सिटी र पानी जहाज जस्ता ठुलो सपना नदेखाइ विकास निमार्णका कामलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने धारणा राखे । साथै उनले प्रदेश सरकनरबाट बजेट बिनियोजन गरेर खाद्रे देखि खुमखानीसम्म जाने सडकलाई कालोपत्रे गर्ने बताए ।

नेपाली कांग्रेस तुलसीपुर-४ का सभापति नन्दलाल पुनको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्र नं. ३ का समानुपातिक पदका उम्मेदवार देबिका नेपाली, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य सेशुराम भण्डारी, माओवादी केन्द्र तुलसीपुर नगरका का.बा.अध्यक्ष मोहन थापा लगाएतले मुलुकको समृद्धिका लागि गठबन्धनका उम्मेदवारहरुलाई जिताउन अपिल गरेका थिए । उक्त कार्यक्रम सहजीकरण नेपाली कांग्रेस तुलसीपुर नगरका सदस्य कृष्ण खडकाले गरेका थिए । त्यस कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरि ७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।