दाङ-२ मा एमाले महासचिव शंकर पोखरेललाई पराजित गर्दै मा‌ओवादीकी रेखा शर्मा निर्वाचित

मङि्सर ०८, २०७९


दाङ, मंसिर ८ । दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मा विजयी भएकी छन् । उनले नेकपा एमालेका उम्मेदवार रहेका महासचिव शंकर पोखरेललाई हराएकी हुन् । माओवादीकी उम्मेदवार रेखाले २६ हजार ८ सय ७७ मत ल्याएकी छन् । यहाँ पोखरेलले २६ हजार ६ सय ८१ मत ल्याएका छन्। उनीहरूबीच १९६ मतान्तर छ । रेखा प्रत्यक्षतर्फबाट पहिलो पटक सांसद भएकी हुन् । रेखालाई सत्ता गठबन्धनको साथ रहेको थियो ।