दाङ-१ (२) मा नेपाली कांग्रेसका २८ वर्षीय युवा नेता अनुराग खड्का निर्वाचित

मङि्सर ०८, २०७९


मंसिर ८, दाङ क्षेत्र नम्बर १ (२) मा नेपाली कांग्रेसका उम्मेदवार २८ वर्षीय युवा नेता अनुराग खड्का निर्वाचित भएका छन् । अनुरागले १६ हजार २ सय २२ मत प्राप्त गरेका छन् । उनका निकतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कुल बहादुर खत्रीले १३ हजार १ सय ७० मत प्राप्त गरे। खड्काले केसीलाई ३ हजार ५२ मत अन्तरले पराजित गरेका हुन् । यो निर्वाचन क्षेत्रमा कुल ३८ हजार ५ सय ९२ मत खसेको थियो ।