नेयमार विनाको ब्राजिल स्वीट्जरल्यान्डसँग खेल्दै

मङि्सर १२, २०७९


मंसिर १२, पाँच पटकको विश्वकप फुटबल विजेता ब्राजिलले आज सोमबार स्वीट्जरल्यान्डसँग खेल्दैछ । कतारमा जारी विश्वकप फुटबलको समूह ‘जी’ मा रहेको ब्राजिलले स्वीट्जरल्यान्डसँग स्टेडियम ९७४ मा नेपाली समयअनुसार राति ९ः४५ बजे प्रतिस्पर्धा गर्नेछ । सर्वियाविरुद्ध ब्राजिलले २–० गोलको जित निकाल्दा घाइत भएका नेयमार भने टिममा हुने छैनन् ।

ब्राजिलका मुख्य फरवार्ड नेयमारलाई सर्वियाविरुद्धको खेलमा चोट लागेको थियो । दाया खुट्टमा चोट बोकेका नेयमारले स्वीट्जरल्यान्ड र क्यामरुन विरुद्धको खेल गुमाउने छन् । ब्राजिल बलियो टिम हो । स्वीट्जरल्यान्डलाई पराजित गरे ब्राजिलले अन्तिम १६ मा पुग्ने आफ्नो सम्भावनालाई बलियो बनाउने छ । ब्राजिलमा सबै खेलाडी उत्कृष्ट छन् । यता, पहिलो खेलमा क्यामरुनविरुद्ध १–० गोलको जित निकालेको स्वीट्जरल्यान्ड ब्राजिललाई पराजित गर्ने लक्ष्यमा छ ।