के सलिनमानलाई फिल्म क्षेत्रले नखोजेको हो ?

मङि्सर १४, २०७९


फिल्म ‘यात्रा’ मा काम गरेपछि नायक सलिनमान बनियाँले नयाँ फिल्ममा काम गर्ने मन नै बनाएनन् । उनलाई केही मेकरले फिल्मको अफर नगरेका होइनन् । तर, सलिमानले फिल्ममा काम गर्ने इच्छा खासै नदेखाएको बताइन्छ । उसो त सलिनमानले आफ्नी प्रेमिका सँग बिहे गर्न लागेको खबर समेत सार्वजनिक भएको थियो ।

तर, सोमबार नायक सलोन बस्नेतको बिहे समारोहमा भेटिएका सलिनमानले तत्काल बिहे नगर्ने बताएका छन् । उनले, करिब २ बर्ष बिहे हुँदैन होला भने । फिल्म क्षेत्रबाट टाढा जस्तो देखिएका सलिमानलाई फिल्म क्षेत्रले उनलाई नखोजेको जस्तो महशुश हुन्छ । नेपाली फिल्ममा नायकको अभाव भैरहेको समयमा पहिलो फिल्मबाट नै स्टारडम बनाएका सलिनमान जस्ता नायक भने हराएका छन् ।

सलिमान भने फिल्म क्षेत्रले आफूलाई नखोजेको गुनासो गर्दै थिए । सलिनमानले गरेको यो गुनासोमा त्यती ठूलो सत्यता नरहेको देख्न सकिन्छ । किनकी, फिल्म क्षेत्रका नाम चलेका मेकरले समेत सलिनलाई फिल्मका लागि अफर गरेका छन् । सलिनमानले फिल्म खेल्न मन बनाउने हो भने उनका लागि करोड खर्च गर्न धेरै निर्माता तयार छन् । तर, सलिमान आफै फिल्म क्षेत्रबाट हराएका छन् ।