विश्वकप: समूह ‘एफ’ बाट  मोरक्को र  क्रोएसिया नकआउट चरणमा, बेल्जियम बाहिरियो

मङि्सर १५, २०७९


मङ्सिर -१५ । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘एफ’ बाट क्रोएसिया र मोरक्को नकआउट चरण अर्थात्  अन्तिम १६ मा प्रवेश गरेका छन् ।

बिहिबार अल थुमामा रंगशालामा क्यानाडालाई २–१ गोलको नतिजमा पराजित गर्दै मोरक्को समूह विजेता बन्दै नकआउट चरण प्रवेश गरेको हो ।

खेलको चौथो मिनेटमा हाकिम जियचले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए । यूसेफ इन नेसयारीले २३औं मिनेटमा गोल गर्दै मोरक्कोको अग्रता दोब्बर पारे ।

मोरक्कोका डिफेन्डर नाइफ एजुइर्डले ४०औं मिनेटमा आत्माघाती गोल गर्दा क्यानाडाले खेल १–२ को स्थितिमा पुर्याएको थियो ।

पहिलो हाफमा २–१ को नतिजमा सकिएको खेलको निर्धारित समयसम्म पनि थप गोल हुन नसक्दा मोरक्को क्यानाडालाई हराउँदै विश्वकप इतिहासमा दोस्रो पटक अन्तिम १६ पुग्न सफल भयो । यसअघि सन् १९८६मा अन्तिम १६ पुगेको थियो ।

यस्तै अघिल्लो विश्वकपको उप-बिजेता  राष्ट्र क्रोएसिया र बेल्जियम बिचको खेल भने गोलरहित बराबरीमा सकिएको छ। गोलरहित रहदै समान १-१ अंक बाडेसंग बेल्जियम समूह चरणबाटै घर फर्किएको छ भने क्रोएसिया समूह उप-बिजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ।