विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा

मङि्सर २५, २०७९


फाइनल पुग्न अर्जेन्टिना र क्रोएसिया तथा फ्रान्स र मोरक्को खेल्ने
मंसिर २५, कतारमा जारी फिफा विश्व कप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार बिहान अन्तिम क्वाटरफाइनलको खेल सकिए सँगै विश्वकपको अन्तिम चारमा पुग्ने सबै टोलीको टुंगो लाथेको हो । यस पटकको विश्वकपमा साविक विजेता फ्रान्स र साविक उपविजेता क्रोएसिया सँगै अर्जेन्टिना र मोरक्को सेमिफाइनलमा पुगेका छन् ।

पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया तथा दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को खेल्नेछन् । अर्जेन्टिना र क्रोएसियाबीचको खेल मंगलबार राति पौने १ बजे हुनेछ । अर्जेन्टिनाले क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई तथा क्रोएसियाले ब्राजिललाई हराएको थियो । यस्तै, दोस्रो सेमिफाइनलमा मोरक्को र फ्रान्सबीच बुधबार राति पौने १ बजे खेल हुनेछ । गएराति भएको तेस्रो क्वाटरफाइनलमा मोरक्कोले पोर्चुगललाई हरायो ।