माया,पिडा र एक्सनले भरिएको आर्यन र उपसना स्टारर ‘डिसेम्बर फल्स’को ट्रेलर सार्वजनिक

मङि्सर २९, २०७९


काठमाडौ । एक्सनले भरिएको आर्यन सिग्देल र उपसना सिंह ठकुरी स्टारर फिल्म ‘डिसेम्वर फल्स’ अफिसियल ट्रेलर  सार्वजनिक भएको छ। आगामी पौष १५ गते अर्थात् डिसेम्बर ३० बाट देशव्यापी प्रदर्सन हुने चलचित्रको सार्वजनिक ट्रेलरमा आर्यन र उपसनाको जोडी खुबै सुहाएको छ। आर्यन एक्सन अवतार र उपसना घाइते नर्सको रुपमा देखिएका छन् ।

नायक आर्यन केही समयको अन्तरालपछि ‘डिसेम्बर फल्स’बाट रजतपटमा कमब्याक गर्दैछन् भने  उपासना पछिल्लो समयकी लक्की हिरोइन हुन् । उनी अभिनीत पछिल्लो चलचित्र दुई नम्बरी पनि बक्सअफिसमा  सुपरहिट भएको थियो । आर्यन र उपसना पहिलो पटक यही चलचित्रबाट स्कृन शेयर गर्दैछन् ।

भारतीय चलचित्र उद्योगमा कार्यरत निर्देशक प्रवीण झाद्धारा निर्देशीत चलचित्रमा आर्यन र उपासनाका अलवा सुमन थापा रोहित, नरेश भट्टराई,सलोन बस्नेत, शिबहरि पौडेल, नागेन्द्र रिजाल, शिशिर राणा लगायतका कलाकारको अभिनय रहेको  छ ।

रिजाल एण्ड रिजाल प्रोडक्शनको ब्यानरमा निर्मित चलचित्रको प्रस्तुतकर्ता रामप्रसाद रिजाल हुन् भने कार्यकारी निर्माता लक्ष्मण रिजाल छन् । रामप्रसाद रिजाल र राजकुमार भट्ट निर्माता रहेको चलचित्रलाई भारतीय छायाँकार महेश आर गुप्ताले खिचेका हुन् । बिपीका खनालको कथा,केदार भुसाल र प्रतिक पौडेलको पटकथा/सम्वाद रहेको फिल्मको सम्पादन बनिष शाहले गरेका छन् ।  ‘डिसेम्बर फल्स’ रामप्रसाद रिजालको पाँचौ प्रोजेक्ट रहेको छ।

दीपक शर्मा,कोसिस क्षेत्री,सुुसान्त गौतम र प्रतिक पौडेलको संगीत, कविराज गहतराज, रामजी लामीछाने,शिसिर खाती र प्रवीण सिंहको कोरियोग्राफी तथा श्री श्रेष्ठको द्धन्द्ध निर्देशन रहेको फिल्मलाई श्रीराम बालाजी फिल्मस्का सुनील मानन्धरले बितरण गर्दैछन् ।