‘हात्तीछाप’ मा दयाहाङ राई अनुबन्धित

पुष ०१, २०७९


किरण नेपालीको निर्माणमा तयार हुन लागेको सामाजिक कथावस्तुको फिल्म ‘हात्तीछाप’ मा नायक दयाहाङ राई अनुबन्धित भएका छन् । दयासँग निर्माणपक्षले बिहिबार कागजी संझौता गरेको छ । यो चलचित्रलाई सिमोस सुनवारले निर्देशन गर्दैछन् । चलचित्रका लागि अन्य कलाकार फाइनल गरिएको छैन ।

प्रदीप भारद्धाजको कथा मन पराएपछि ‘२ नम्बरी’का निर्माता किरणले ‘पोई पर्यो बुढो’ लाई पोष्टपोन्ड गर्दै यो कथामा फिल्म बनाउन लागेका हुन् । दयाले किरणसँग फिल्म ‘२ नम्बरी’मा सहकार्य गरेका थिए । यो फिल्म बक्स अफिसमा सुपरहिट भएको थियो । सामाजिक कथावस्तुमा निर्माण हुने फिल्मको छायांकन चैत्रबाट सुरु गर्ने योजनामा निर्माणपक्ष छ ।