विश्वकपको ट्रफी बोकेर मेसी पुगे अर्जेन्टिना

पुष ०५, २०७९


पुस ५, फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४\२ ले पराजित गर्दै ३६ वर्षपछि विश्वकप जितेको अर्जेन्टिनी टिम घर पुगेको छ ।लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना टोली मंगलबार बिहान अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्स पुगेको हो ।आइतबार लुसेल स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनाले साविक विजेता फ्रान्सलाई पराजित गर्दै ३६ वर्षपछि विश्वकप जितेको हो ।

अर्जेन्टिनाले समग्रमा तेस्रो पटक विश्वकप जित्दा ३५ वर्षीय मेसीले भने करिअरको पहिलो विश्वकप उपाधि जितेका हुन् ।अर्जेन्टिनाको राष्ट्रिय टोलीले मंगलबार ब्यूनर्स आयर्सस्थित ओबिलिस्कमा विश्वकप जितेको खुसीमा विजय उत्सव मनाउनेछ । ओबिलिस्क खेलकुद उत्सवको परम्परागत केन्द्रबिन्दु हो ।