दिव्यकुञ्ज एकाडेमीको अभिभावक भेला सम्पन्न

पुष ०९, २०७९     पूर्ण केसी (मुस्कान)


तुलसीपुरमा ७ मा रहेको तुलसीपुर एकेडेमी प्रस्तावित दिव्यकुञ्ज एकेडेमीले आज एक कार्यक्रम गरी अभिभावक भेला सम्पन्न गरेको छ । विद्यालय संचालक समितीका अध्यक्ष मोहन भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रममा भावि योजना तथा आगामी शैक्षिक रणनीतीको बारेमा अभिभावलाई जानकारी गराईएको थियो । सो अवसरमा बोल्दै अध्यक्ष भण्डारीले निकट भविष्यमै दिव्य कुञ्ज एकेडेमीलाई तुलसीपुरमा अब्बल विद्यालयका रुपमा स्थापित गराउन कुनै कसरत बाकी नराख्ने बताउनुभयो । यस्तै विद्यालका एकेडेमीक हेड सुनिल शर्माले विद्यालयले गरेको सुधारको प्रयास र आउने दिनमा गरिने कृयाकलापको योजना प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा परिर्वतन गाउँपालिका रोल्ािका निमित्त प्रमुख प्रशासकीय अधिकृत एवम विद्यालयका अभिभावक ध्रुव राज न्यौपानेले छोटो समयमा विद्यालयले राम्रो प्रभाव पारेको र अझै नयाँ शैक्षिक रणनितिक योजनाका साथ अन्य विद्यालय भन्दा फरक तरिकाले प्रस्तुत हुदै जानुपर्ने कुरामा जोड दिनुभयो । रेडियो प्रकृतीमा कार्यरत पत्रकार प्रेम कुमारी मगरले शैक्षिक कृयाकलाप समयको माग अनुसार हुनुपर्ने बताउनुभयो । साथै अन्य अभिभावले विद्यालय परिवारलाई महोत्वपूर्ण सुझाव दिनुभएको थियो । कार्यक्रममा विद्यालयका सेयर सदस्य एवम्म समाजसेवी गोरख वली , सन्दिप विक्रम राणा , कमल केसी,वसन्त न्यौपाने, केशव वली, अभिनाष खरेल, पत्रकार महासंघ दाङका सदस्य सन्तोष केसी लगायतको सहभागीता रहेको थियो । संचालक समितिका अध्यक्ष विर बहादुर वली (मोहन) को अध्यक्षतामा भएको कार्यक्रममा विद्यालकी शिक्षिका भावना भट्रराईले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सहजिकरण प्रिन्सिपल भागवत भट्रराईले गर्नुभएको थियो ।