जितु र साम्राज्ञीको ‘ह्यारीकी प्यारी’ को ट्रेलर स् पैसा पछाडि

पुष २५, २०७९


‘ह्यारीकी प्यारी’ को ट्रेलरस् पैसाको पछाडि जितु, जोखिमविना बच्चा जन्माउन चाहाने साम्राज्ञी फिल्म ‘ह्यारीकी प्यारी’ को ट्रेलर सार्वजनिक भएको छ । माघ २० गते प्रदर्शनमा आउने फिल्म ‘ह्यारीकी प्यारी’ को आइतबार बानेश्वर स्थित वान सिनेमाजमा पत्रकार सम्मेलनको आयोजना गरी ट्रेलर सार्वजनिक गरिएको हो ।

कमेडीसँगै पारिवारिक कथावस्तुमा निर्माण भएको फिल्ममा कलाकार जितु नेपाल, अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र कलाकार विजय बराललाई मुख्य भूमिकामा देखाइएको छ । सार्वजनिक ट्रेलरमा हाँसो र रोदनको दुइटा पाटो रहेका छन् । ‘ह्यारी कि प्यारी’मा साम्राज्ञी र जितुको केमेस्ट्री दर्शकका लागि रमाइलो लाग्ने देख्न सकिन्छ । पैसाको पछाडि परेर वीर्य दान गर्ने जितु र कुनै पनि जोखिमविना बच्चा जन्माउन चाहने साम्राज्ञीबिच आउने उतार \ चढावलाई ट्रेलरमा प्रस्तुत गरिएको छ ।

यो फिल्मलाई चिकित्सक भोला रिजालका छोरा कपिल रिजालले निर्देशन गरेका हुन । दन्त चिकित्सक कपिल रिजाल यही फिल्मबाट निर्देशनमा डेब्यू गर्दै छन् । बीआर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको ‘ह्यारीकी प्यारी’ फिल्ममा जितु, साम्राज्ञी र विजयसँगै, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाल लगायतको अभिनय छ ।

बिआर प्रोडक्सनकको प्रस्तुतिमा निर्माण भएको फिल्मको कथा निर्देशक रिजाल आफैले तयार पारेका हुन । सुदीप बरालले छायांकन गरेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । यो फिल्म नेपालीसहित हिन्दी, बंगाली, पञ्जाबी र मराठी भाषामा समेत प्रदर्शन हुने भएको छ । फिल्मको यस अघि अभिनेत्री रेखा थापाले नृत्य गरेको ‘धरहरा हल्लियो’ बोलको गीत सार्वजनिक भएको थियो ।