सबै हिरो व्यस्त, तर आकाशको हातमा छैन फिल्म

माघ १५, २०७९


कोरोना कालपछि फेरि नेपाली फिल्म लयमा फर्किएको छ । यो बर्ष रिलिज भएकामध्ये ७ वटा फिल्मले लगानी उठाए । अझै, केही फिल्मबाट हिटको अपेक्षा गरिएको छ । फिल्म निर्माणको गती रोकिएको छैन । अधिकांश कलाकार फिल्ममा अभिनय गर्नमा व्यस्त छन् । विपिन कार्की, दयाहाङ राई, सौगात मल्ल, अनमोल केसी, प्रदीप खड्का, पुष्प खड्का लगायतका नायकको हातमा फिल्मको अभाव छैन ।

तर, यो बर्ष २ वटा फिल्म असफल भएपछि नायक आकाश श्रेष्ठ भने काम विहिन छन् । अझ, भनौ यो बर्ष रिलिज भएका दुबै फिल्म कोरोना महामारी अगाडि निर्माण भएका थिए । यसको अर्थ, आकाशले काृेरोना महामारी पछि एउटा मात्र फिल्ममा काम गरेका छन् ‘हिड्दा हिड्दै’ । यो फिल्म रिलिज हुने नहुने अत्तोपत्तो छैन । अधिकांश फिल्ममा नायकको खोजी धमाधम भैरहेको छ । तर, आकाशलाई निर्माताले पत्याएका छैनन् ।

नायिका पूजा शर्माका कारण आकाश व्यस्त भएको टिप्पणी हुने गरेको थियो । तर, पूजासँग टाढा भएपछि आकाशलाई निर्माताले खासै विश्वास नगर्नुले उनी आफ्नो दममा भन्दा पूजाको साथले चलेको पुष्टी हुन्छ । आकाश फिल्ममा व्यस्त नभएपनि उनको हातमा म्यूूजिक भिडियोको भने अभाव छैन । उनी भिडियोबाट राम्रो रकम कमाइरहेका छन् ।