होलीको दिन लेलेमा म्युजिकल इभेन्ट हुने

फागुन २१, २०७९


काठमाडौँ । होली पर्व अथवा फागु पूर्णिमा खासगरी नेपाली तथा भारतीयहरूले प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने हिन्दूहरूको प्रमुख चाड हो ।

हिन्दू संस्कृति अनुसार यसको इतिहास त्रेता युग सँग जोडिएको छ । त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसंग यस चाडलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई आफ्नै बहिनी (प्रल्हादकी फुपु ) होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आँफै आगोमा भष्म भएकी थिइन र बिष्णु भक्त प्रल्हादलाई केही नभएको त्यही दिनको सम्झनामा होली पर्व मनाउन सुरू भएको मानिन्छ ।

यो पर्वको अवसरमा सांगीतिक कार्यक्रमसहित धुमधामले मनाउने गरिन्छ । यसैबिच होलीकै अवसरमा ललितपुरको लेलेमा म्युजिकल इभेन्ट हुने भएको छ।

सोमबार हुने कार्यक्रममा रुपक डोटेल,नारायण राज आचार्य,बुनु राई,सपन श्रेष्ठ,सुजता केसी ,भविन भण्डारी ,रमेश अधिकारी ,सन्जिव आले आदिको प्रतुति रहनेछ भने मोहन जङ्गकार्किको कमेडि रहने आयोजक कमिटीले बताएको छ।मिडिया इभेन्ट रिसर्च सेन्टरको प्रतुति उक्त होलि कार्यक्रम थामसुङ स्माट एग्रिकल्चर फममा हुदैछ।