फिल्म प्रेमाको ‘फूल यो चुँडेर’ गीत सार्वजनिक

चैत ०२, २०७९


चैत २, यहि चैत १७ गते देखि प्रदर्शन हुन लागेको फिल्म प्रेमाको ‘फूल यो चुँडेर’ बोलको गीत सार्वजनिक गरिएको छ । एसडी योगीको स्वर रहेको गीतमा अरुण क्षेत्री, सुवेक्षा खड्का र सृष्टि श्रेष्ठ फिचर्ड छन् । गीतमा अरुणले गायन रियालिटी शो ‘सुर सितारा’ मा यो गीत गाएर प्रेम पीडा व्यक्त गरेको देखाइएको छ । सविन एकतारेको शब्द रहेको गीतमा सुशान्त गौतमले संगीत भरेका छन् ।

गोविन्दसिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्म बाघठाटा फिल्म फ्याक्ट्रीको ब्यानरमा निर्माण भएको हो । फिल्ममा अरुण, सुवेक्षा र सृष्टिसँगै विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सविन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया काजु लगायत कलाकारको अभिनय छ । महेश पौडेलले छायांकन गरेको फिल्मलाई कृष्ण भण्डारीले सम्पादन गरेका हुन् । फिल्मलाई उपत्यकामा जिजिए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्नेछन्।