ओडिआईमा नेपालको कीर्तिमानी स्कोर, ओमानलाई दियो ३११ रनको लक्ष्य

बैशाख ०८, २०८०


वैशाख ८, युवा अलराउण्ड कुशल मल्लले ओडीआई करियरको पहिलो शतक र सोमपाल कामीको अर्धशतक को मदतमा नेपालले एसीसी प्रिमियर कपमा ओमानलाई ३११ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१० रन बनायो । यो नेपालले ओडीआई एकदिवसीय अन्तराष्ट्रियमा बनाएको सबभन्दा ठूलो स्कोर हो । यसअघि गत मार्चमा लिग टूमा पपुवा न्युगिनीविरुद्ध २९७ रन बनाएको थियो ।