‘एक्स ९’ लाई पेन इन्डिया रिलिजको तयारी

बैशाख १४, २०८०


धेरैलाई लाग्न सक्छ ‘एक्स ९’ चर्चाका लागि मात्र घोषणा गरिएको त होइन रु यो लाग्नु स्वभाविक पनि हो । किनकि, दुई वर्षदेखि यो फिल्मको कामभन्दा बढी चर्चा छ । छायांकन निस्कने सुरसार समेत छैन । फिल्ममा बलिउड सुपरस्टार सुनिल सेट्टीको अभिनय रहने भन्दै निर्देशक मुकुन्द भट्टले मिडियामा ठूलो हल्लाखल्ला समेत गरे । तर, सुनिलसँग अझैसम्म कागजी सम्झौता भएको छैन ।

फिल्मको निर्माणमा ढिलाइ भएको भन्दै अभिनेता अनमोल केसीले हात झिकेपछि उनको ठाउँमा अभिनेता प्रदीप खड्काको प्रवेश भएको छ । तर, बुधबार निर्देशक मुकुन्द भट्टले ‘एक्स ९’ का लागि सुरुवाती चरणमा सम्झौता गरिएका कलाकारलाई लिएर नयाँ फिल्म ‘चोर पुलिस स् टम एण्ड जेरी’ बनाउने घोषणा गरे । यो घोषणपछि ‘एक्स ९’ अब नबन्ने त होइन भन्ने आशंका उब्जिएको छ । तर, निर्देशक भट्ट ‘चोर पुलिस’ पछि ‘एक्स ९’ बन्ने दाबी गर्छन् ।

‘एक्स ९’ ठूलो क्यानभासमा बन्ने र पेन इन्डिया रिलिजको तयारी भैरहेकाले छायांकनमा निस्कन समय लागेको मुकुन्दको भनाई छ । बलिउडको एउटा ठूलो कम्पनीले फिल्मलाई प्रस्तुत र वितरण गर्ने उनले बताए । फिल्ममा प्रदीपसँगै भारतीय अभिनेत्री र अन्य कलाकारहरु रहने भट्ट बताउँछन् । बैशाख अगाडि उनी प्रदीपसँग पेन इन्डिया रिलिजको चाँजोपाँजो मिलाउन मुम्बई गएका थिए ।