नयाँ फिल्मको तयारीमा दीपक-दीपा

जेठ ०१, २०८०


दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्मा नयाँ फिल्मको तयारीमा छन् । यो नयाँ फिल्म ‘छक्कापञ्जा’ श्रृंखलामा आधारित हुने छैन, तर नयाँ फिल्ममा ‘छक्कापञ्जा’ कै समूह हुनेछ । नयाँ फिल्मको प्रि-प्रोडक्सन सुरु गर्नुअघि दीपक-दीपाको टोलीले सोमबार बिहान पशुपतिनाथ पुगेर पूजाआजा गरेको छ । आजदेखि छक्कापञ्जा ४ को च्याप्टर क्लोज भयो र हामी नयाँ फिल्मको प्रि-प्रोडक्सनमा जुट्यौं, दीपकले सँग भने, स्क्रिप्ट लेखनदेखि अन्य योजनाका काम सुरु भएको छ ।

निर्माता तथा अभिनेता निर्मल शर्माले पनि ‘छक्कापञ्जा ४’ सफलताको लागि पशुपति पुगेर ‘थ्यांक्स गिभिङ’ पूजाआजा गरेको बताए । दीपाले फिल्मको सफलताको लागि भाकल पूजा गरेकी थिइन्, यही कारण पनि यो समूह पशुपति पुगेको हो । दीपक, दीपा, निर्मलसहित राज आचार्य, केदार प्रसाद घिमिरे माग्ने बुढा सहितको टोली पशुपति पुगेको हो । दीपाश्रीले सार्वजनिक गरेको उक्त तस्वीरमा फ्यानले नयाँ प्रोजेक्टको तयारीस्वरुप पूजाआजाका लागि पशुपति पुगेको भन्दै कमेन्ट गरेका छन् ।

निर्माता गिरी भदौदेखि नयाँ फिल्मको छायांकन तयारीमा छन् भने यो फिल्मलाई फागुनमा प्रदर्शन गर्ने तयारी छ । अहिले तीनवटा स्क्रिप्टमा हामी काम गरिरहेका छौं, दीपकले भने, जसबाट एउटा छनोट गरेर काम अघि बढ्नेछ । नयाँ फिल्ममा पनि छक्कापञ्जाकै अधिकांश कलाकार देखिने उनले जनाए । दीपकले भने-नयाँ फिल्मको टाइटल केही दिनमा सार्वजनिक हुन्छ ।