अब फिल्ममा भिन्न तरिकाले प्रस्तुत हुन्छु : आकाश श्रेष्ठ

जेठ १०, २०८०


युवापुस्तामा राम्रो क्रेज भएका अभिनेता आकाश श्रेष्ठले लभर ब्वाईको छवि बनाएका छन् । डेब्यू फिल्म ‘म त तिम्रै हुँ’देखि नै उनी रोमान्टिक क्यारेक्टरमा जकडिएका छन् । एकैखाले क्यारेक्टर करिअरका लागि हानिकारक मानिन्छ । तर, कलाकारले चाहेर मात्र फरक क्यारेक्टर गर्न सम्भव छैन । यो मेकरले चाहनु पर्छ । कलाकार भनेका त काँचो माटो हुन्, जुन आकार पनि दिन सकिन्छ ।

आकाशलाई पनि लभर ब्वाईको छविबाट मुक्ति पाउनु छ । उनी यस्तो फिल्मको पखाईमा छन्, जसले यो छवि भत्काउन सकोस् । फरक क्यारेक्टरमा आफूलाई प्रमाणित गर्न सक्ने उनमा आत्मविश्वास छ । विगत दुई वर्षदेखि उनले नयाँ फिल्म सम्झौता नगर्नुको कारण पनि फरक क्यारेक्टरमा काम गर्ने लोभकै पखाई हो । सम्भवत : यस वर्ष आकाशले क्यारेक्टरमा ‘सरप्राइज’ दिन सक्छन् ।

मान्छे भएपछि समयअनुसार चल्नुपर्छ । म पनि अलि फरक क्यारेक्टर गरौं भन्ने सोचमा छु । अब आउने फिल्ममा भिन्न तरिकाले प्रस्तुत हुन सक्छु । मैले फिल्म गर्न समय लिनुको कारण पनि यही नै हो, आकाश भन्छन्, हामीले गर्ने काम दर्शकलाई स्वभाविक लाग्नुपर्छ भन्नेमा सचेत छु । मैले फरक चरित्र गर्दा त्यसलाई न्याय गर्न सक्नुपर्छ । म अहिले यही कुरामा वर्कआउट गरिरहेको छु ।

गत वर्ष उनका दुई फिल्म ‘सम्हालिन्छ कहिले मन’ र ‘सम्झना विर्सना’ प्रदर्शनमा आएका थिए । दुवै कोभिडअघिका फिल्म हुन् । अर्थात् उनले नयाँ फिल्ममा काम नगरेको २ वर्ष भैसकेको छ । उनले केही फिल्मको टिमसँग छलफल भैरहेको बताउँदै चाँडै नयाँ फिल्ममा जोडिन सक्ने बताए । दुईरतीनवटा फिल्मको स्क्रिप्टमा काम भैरहेको छ । यो वर्ष एउटा फिल्म रिलिज हुन्छ, उनले भने ।

उनी फिल्म निर्माणको तयारीमा रहेको चर्चा पनि चलिरहेको छ । यसबारेमा उनी भन्छन्, अहिले देश आर्थिक मन्दीसँग जुधिरहेको छ । यो अवस्थामा कसरी फिल्म बनाउन सकिन्छ र १ तुरुन्तै फिल्म निर्माण त नगरिएला । तर, भविष्यमा चाहिँ बनाउँछु । १ र २ वर्षपछि फिल्म निर्माणको विषयमा सोच्नु पर्ला । आकाशले करिअरको ७ वर्षमा आधा दर्जन बढी फिल्ममा काम गरिसकेका छन् ।