विकास माग्न मन्त्रालयमा

जेठ १२, २०८०


दाङ, १२ जेठ । नयाँ बजेटकाे पूर्व सन्ध्यामा सराेकारवाला निकाय तथा संघसंस्थाकाे विकास याेजना तर्जुमा गर्दै विकास माग्ने क्रम चलेकाे छ । बजेट विनियोजनका दिन नजिकिरहँदा सराेकालवाला संघ संस्थाले पनि विकासे याेजना माग गर्न थालेका हुन् । यतिबेला लुम्बिनी प्रदेशकाे मुख्यमन्त्री कार्यालय तथा विभिन्न मन्त्रालयमा विकास माग्नेकाे भीडभाड बढेकाे छ ।

मुख्यमन्त्री डिल्लीबहादुर चाैधरीलाई विकासे फाइलका बारेमा याेजना सुन्न र ब्रिफिङ गर्न भ्याइनभ्याई छ । त्यसाे त संसद भवन बाहिर पनि विभिन्न क्षेत्रबाट आएका संघसंस्था तथा सराेकालवाला निकायकाे भीडभाड त्यतिकै बाक्लाे देखिन्छ । आआफ्ना क्षेत्रका सांसदलाई समेत विकास याेजनाका माग फाइल बुझाइरहेका दृश्य पनि त्यतिकै सघन देखिन्छन् । यसैबीच दाङकाे नारायणपुर विकास सराेकार समिति पनि विभिन्न विकासे याेजनाकाे फाइल बाेकी आज लुम्बिनी प्रदेश मुख्यमन्त्रीकाे कार्यालयमै पुग्याे । समग्र नारायणपुर क्षेत्रकाे विकासमा सराेकार राख्ने उद्देश्यका साथ गठन भएकाे समितिले विकासका मुद्दामा बलियाे उपस्थिति जनाउँदै आएकाे छ ।

`सरकारले विकासका याेजना तर्जुमा गर्दै विकास प्रक्रियालाई अगाडि बढाउने एउटा प्रवृत्ति त छँदैछ तर सरकारले गम्भीर नमानेकाे आवश्यक नठानेका कतिपय विकासका कार्य स्थानीय स्तरमा रहेका छन् । हामी त्यस्ता मुद्दालाई प्राथमिकतामा राखी सरकार तथा सम्बन्धित निकायलाई झकझकाउने गर्दै आएका छाैँ । त्यसैकाे प्रारूपस्वरूप आज हामी मुख्यमन्त्री कार्यालयमा आइपुगेका हाैँ । समितिका संयाेजक अभियान बस्नेतले बताए । इलाका प्रहरी कार्यालय नारायणपुरकाे प्रहरी पाेस्ट भवन निर्माणलाई अहिले हामीले प्राथमिकतामा राखेका छाैँ । भग्नावशेष अवस्थामा रहेकाे भवन वा पानी चुहिनुका साथै जीर्ण अवस्थामा रहेकाे थियाे । बसाेबास गर्न र कार्यालयीय गतिविधि सञ्चालन गर्न समेत मुस्किल भएपछि भवन भत्काइएकाे हाे । भवन भत्काएकाे झण्डै तीन वर्ष पुगिसकेको छ तर अझै निर्माण हुन नसक्दा कार्य सञ्चालनमा अप्ठ्यारो परेकाे छ । प्रहरी भवन निर्माण तथा प्रहरी पाेस्ट भवन निर्माण, हाेलेरी- नारायणपुर- रिहार जाेड्ने बाटाे निर्माण तथा नारायणपुर क्षेत्रमा १५ शैयाकाे अस्पताल निर्माण लगायतका मागलाई समितिले प्राथमिकतामा राखेकाे छ । संयाेजक बस्नेतले बताए ।

त्यस्तै विकासे फाइल बाेकेर घाेराही उपमहानगरपालिका वडा नम्वर ९ बाट लरैना मन्दिरकाे बृहत्तर विकास, मछाहीमा पक्की नाला, एकल घरूवादेखि कर्मटुवासम्म पक्की सिचाइ नाला, कर्मटियादेखि भगवार हुँदै काेठरी जाेड्ने सडककाे स्तराेन्नति माग लिएर महेन्द्र दाहालकाे नेतृवमा एक समूह पनि विकास माग्न मुख्यमन्त्री कार्यालय पुगेकाे थियाे । त्यस्तै घाेराही उपमहानगरपालिका वडा नम्बर ९ मकुनडाँडाबाट पनि डिप बाेरिङ, प्रावि मकुनडाँडाकाे ५ काेठे भवन निर्माण, हापुर खाेलादेखि अस्परीसम्म ३ किलोमिटर सडक पिचका माग लिएर गेहेन्द्र बस्नेतकाे नेतृत्वमा एक समूह मुख्यमन्त्री कार्यालयमा पुगेकाे थियाे ।

त्यस्तै घाेराही उपमहानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष तारा डाँगी पनि समग्र वडाकाे विकासकाे माग गर्न मुख्यमन्त्री कार्यालय पुगेका थिए । विकासे याेजना मागका फाइल बुझ्दै मुख्यमन्त्री चाैधरीले सकारात्मक आश्वासन दिंदै रचनात्मक भूमिका निर्वाह गर्ने आश्वस्त पारे । त्यस्तै मुख्यमन्त्री कार्यालयमै भेटिएका लुम्बिनी प्रदेशका सांसद प्रचण्ड विक्रम न्याैपाने गुन्टुले मुख्यमन्त्री चाैधरीलाई विकासे याेजनामा रचनात्मक भूमिका निभाउन अनुराेध गरे । सांसद न्याैपानेले विकासका लागि आफूले पनि पहल गर्ने बताए नारायणपुर विकास सराेकार समिति विकास माग्न आज शुक्रबार लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्कीलाई पनि भेट्याे । मन्त्री मास्कीलाई पनि विकासे याेजनाकाे फाइल पेस गरेकाे छ । मन्त्री मास्केले सराेकार समितिले पेस गरेकाे फाइलमा रहेका विकासका याेजनालाई प्राथमिकतामा राख्ने प्रतिवद्धता व्यक्त गरे ।