उज्यालो अभियानमा साझेदारी प्रतिवद्धता

जेठ २४, २०८०


सल्यान, जेष्ठ २४ । सल्यान जिल्लाका जनताहरुलाई सहज र सुल्भ आँखा स्वास्थ्य सेवा दिन आफुहरु कटिवद्ध भएको यहाँका जनप्रतिनिधिहरुले जनाएका छन् । शारदा नगरपालिकाका जनप्रतिनिधिहरुले सल्यान श्रीनगरमा रहेको आँखा उपचार केन्द्रलाई स्त्तोन्नती गरि जिल्ला आँखा अस्पतालको रुपमा विकास गर्न पहल गर्ने बताए । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पतालको आयोजना तथा एनएवीपी नर्वेको आर्थिक सहयोगमा नेपाल नेत्रज्योति संघको ‘‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी, आँखा सेवामा साझेदारी ’’ छलफल कार्यक्रम सहागीहरुले सो कुरा बताएका हुन् ।

सल्यान आँखा उपचार केन्द्र सहयोग समितिका संयोजक केशव बुढाथोकीको अध्यक्षता तथा शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै नगरप्रमुख भण्डारीले अन्धोपन न्यूनिकरणमा साझेदारी गर्ने बताए । उनले हिजोका दिनमा पनि सहयोग गरेको र अव पनि सहयोग हुने प्रतिवद्धता व्यक्तगरे । अन्धोपन न्यूनिकरणका लागि हाम्रो अभियान अगिपनि थियो अवपनि हुनेछ उनले भने । सल्यानका जनतालाई आँखा स्वास्थ्य सेवाका लागि आफुले सहयोग गर्ने उनको भनाई थियो । त्यस्तै जिल्ला समन्वय समितिका उपप्रमुख अस्वीर बुढाथोकीले अन्धोपन न्यूनिकरणका लागि सवैको सहयोग हुनेपर्ने भन्दै अव पालिकाहरु संग समन्वय गर्ने बताए । उनले आफुहरुको पनि आँखा स्वास्थ्य सेवा जनतालाई दिने दायित्व भएको भन्दै साझेदारी गर्ने बताए ।

त्यस्तै वडा अध्यक्ष प्रदिप कुमार पाण्डे, किशोर कुमार हमाललगायतले आँखा विना सुन्दर समाजको परिकल्पना गर्न नसक्ने भन्दै सहयोग गर्ने बताए, उनीहरुले सल्यान जिल्लाको अन्धोपन न्यूनिकरणमा आफुहरुको सहयोग सधै हुने बताए । कार्यक्रममा आँखा उपचार केन्द्रलाई जिल्ल्ला सर्जिकल सेन्टरको रुपमा विकास, विस्तार जनशक्ति स्थापना, औजार उपकरणको व्यवस्थापनकाको विषयमा प्रमुख प्रशासक सम्शेर थापाले छलफल आयोजना गरेको बताए । कार्यक्रममा थापाले सहयोगी दातृ निकाय, राष्ट्रिय स्वास्थ्य नीति २०७६ र आँखा स्वास्थ्य रणनीति २०७९÷२०८६ को विषयमा सहभागीहरुलाई प्रकाश पारेका थिए । थापाले कणाली प्रदेश सल्यान, शारदा नगरपालिकामा रहेको अन्धोपनको अवस्थाको बारेमा जानकारी गराएका थिए । थापाले नगरपालिका गाउँपालिकाले सञ्चालन गरेको साझेदारी कार्यक्रम, भावि योजना र आगामी आर्थिक बर्षमा हुने साझेदारी कार्यक्रम बारेमा जानकारी गराएका थिए । नेपाल नेत्रज्योति संघ दाङका सदस्य केपी घिमीरे स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण सूचना अधिकारी बालाराम खड्काले गरेका थिए ।