भारतबाट लिटरमै साढे ८ रुपैयाँ बढेर आयो पेट्रोलको भाउ

साउन १६, २०८०


साउन १६, भारतीय आयल निगम आइओसीले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । नयाँ मूल्य सूची अनुसार पेट्रोलमा प्रतिलिटर साढे आठ रूपैयाँ र डिजेलमा सात रूपैयाँ बढेर आएको छ । ग्यासमा भने प्रतिसिलिन्डर १०० रुपैयाँ घटेको छ । त्यस्तै, मट्टितेलमा प्रतिलिटर साढे ७ रुपैयाँ र हवाई इन्धनमा ८ रुपैयाँ ५० पैसा मूल्य बढेर आएको छ ।नेपाल आयल निगमका अनुसार यो मूल्य अभिवृद्धि कर नजोडिएको दर हो ।

मूल्य बढ्दा कर बापतको रकम बढ्ने र घट्दा घट्ने भएकोले पेट्रोलियम पदार्थको मूल्य थप केही बढ्नेछ । त्यसबाहेक निगमले गत आर्थिक वर्षदेखि स्वचालित बिक्री मूल्य प्रणाली लागू गरेको छ । यही कारण अब पेट्रोलियमको मूल्य बढ्ने भएको छ । गत आर्थिक वर्ष असार ३१ गतेदेखि परल मूल्यमा डिजेल २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत राखेर स्वचालित बिक्री प्रणाली लागू गरेको छ । यही कारण पेट्रोलको मूल्य प्रतिलिटर ९ देखि १० रुपैयाँसम्मले बढ्ने र ग्यासमा भने प्रतिसिलिन्डर १०० रुपैयाँले घट्ने सम्भावना छ ।