आँखा पाक्ने रोगको प्रकोप बढ्दो

साउन २३, २०८०


तुलसीपुर, २३ साउन । जिल्लामा केही दिनदेखि आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएको छ । मौसम परिवर्तन भएसँगै आँखा पाक्ने रोगको प्रकोप बढेको आँखा रोग विशेषज्ञहरूले बताएका छन् । आँखा पाक्ने रोगको प्रकोपले तुलसीपुरको राप्ती आँखा अस्पताल र लमही आँखा अस्पतालमा गरी दैनिक ११ सय देखि १२ सय सम्मजना विरामीहरू आँखा चेकजाँच गराएका छन । केही दिन यता बिरामीको चाप बढेको छ । मौसम परिवर्तन र दूषित वातावरणले गर्दा आँखा पाक्ने रोगका बिरामी बढेका हुन् । नेपााल नेत्रज्योति संघ अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पताल, लमही आँखा अस्पताल, छन्द कालेबाबु नारायण आँखा अस्पताल बहादुरगञ्ज, भालुवाङ आँखा उपचार केन्द्र तथा अन्य उपचार केन्द्रमा आँखा पाक्ने रोगका बिरामी बढेको अस्पतालले जनाएको छ ।

विगत केहि दिन देखि आँखा रातो हुने विजाउने गरेको थियो अस्पताल आयर जाँच गरे आँखा पाक्ने रोगहो भन्नुभयो डाक्टरले, तुलसीपुुर–५ निवासी मिना वलीले भनिन् । उनी जस्तै तुलसीपुर-१० का युवराज थापाले पनि आँखा चिलाउने र घाममा हेर्दा गारो हुने भएपछि अस्पतालमा आएको र कन्जन्टेभाइटिस भाइरल भएको भनेर चिकित्सकले भनेको बताइन् । राप्ती आँखा अस्पतालका रेटिना रोग विशेष डा.सन्तोष सुवेदीले बिरामीहरु प्रायःजसो आँखा रातो हुने समस्या लिएर अस्पताल आउने बिरामी धेरै रहेकाे जानकारी दिए । बर्खाको समयमा सक्रिय हुने एडिनो भाइरस हावामा लामो समयसम्म बाँच्ने भएकाले आँखा पाक्ने रोगको सङ्क्रमण बढी हुने विज्ञहरू बताउँछन् । डाक्टर सुवेदीका अनुसार बिरामीहरूमा कन्जन्टेभाइटिस, आँखा चिलाउने, रातो हुने, आँखा सुनिने र सुख्खा आँखाजस्ता समस्या पाइने गरेको छ । ‘कन्जन्टेभाइटिस अर्थात् आँखा पाक्ने रोग गर्मी मौसममा बढ्ने गरेको पाइन्छ, यो सरुवा रोग हो -उनले भने । कन्जन्टेभाइटिसमा आँखाको सबैभन्दा बाहिरी झिल्ली रातो भई सुन्निन्छ । यसमा आँखाबाट आँसु बग्ने, चिप्प्रा लाग्ने, परेलीको डिल सुन्निने हुन्छ । जसले गर्दा घाममा आँखा खोल्न गाह्रो हुने, आँखा दुख्ने आदि समस्या हुन्छ । कन्जन्टेभाइटिस प्रायःजसो ब्याक्टेरिया र भाइरसको सङ्क्रमणले गर्दा हुने गर्दछ । आँखा रातो हुने, चिलाउने वा चिपचिप गर्ने बित्तिकै आफूखुशी औषधी किनेर लगाउँदा आँखामा जटिल समस्या आउने भएकाले स्वास्थ्यकर्मीको सुझावविना औषधि प्रयोग नगर्न आँखा बालरोग विशेषज्ञ डा.निता सुनामको भनाई छ । यहाँ आउने विरामीहरु मध्ये धेरै विरामीहरु अहिले आँखा पाक्ने रोगका आउनु हुन्छ, डा. सुनामले भनिन् ।

‘सङ्क्रमण विभिन्न कारणले हुने हुँदा सम्बन्धित अस्पतालमै गएर जाँच गराउनुपर्छ, आँखाको भाइरल एउटा परिवारमा देखिए सबैमा सर्न सक्ने भएकाले सरसफाइमा ख्याल गर्नुपर्ने नेत्रविशेषज्ञहरुको भनाई छ । ढिला गरी उपचारमा आउँदा आँखाको नानीमा घाउ हुन्ने भएकाले पनि हेलचेक्राइ नगर्न उनको सुझाव छ । ‘यसलाई हेलचेक्राई गरे त्यसले सधैँका लागि दृष्टि गुम्न पनि सक्छ तर समयमा उपचार गरे चार÷पाँच दिनभित्र सन्चो हुन्छ-डा. सुनामले भनिन् । एक हप्ता अगि राप्ती आँखा अस्पतालमा ३५० सरदर आँखा उपचारमा आउने गरेपनि आज भोली विरामीहरु बढेको नेत्र अधिकृत शालिकराम गौतमले जानकारी दिए । आज पनि विरामीहरुको चापछ यो आँखा पाक्ने रोग धेरै फैलीएको छ गाैतमले भने । त्यस्तै लमही आँखा अस्पतालमा पनि विरामीहरु बढेका छन् । त्यस्तै यसबाट बचने उपायहरु भाइरल र ब्याक्टेरियल आँखा सरुवा रोग भएकाले रोगीले प्रयोग गरेका वस्तुहरु प्रयोग नगर्ने, .हात-मुख धुने जस्ता काम गरेर व्यक्तिगत स्वास्थ्यको संरक्षण गर्ने, आँखा पाकेका बिरामीले प्रयोग गरेका रुमाल, कपडा, ओछ्यान आदिको प्रयोग नगर्ने, एउटा आँखाबाट अर्को आँखामा रोग नसरोस् भन्नका लागि संक्रमित आँखामा मात्र झोल औषधिको प्रयोग गर्ने र हात राम्ररी धुनेगरेमा यसबाट बचन सक्ने नेत्ररोग विशेषज्ञहरुको सुझाव छ ।