मूर्दा शान्ति होइन जिवन्त शान्ति आवश्यक

साउन २७, २०८०


तुलसीपुर, २७ साउन । मानव अधिकार तथा शान्ति समाज दाङको २६ औं साधारण सभामा तुलसीपुर मसम्पन्न भएको छ । मानव अधिकार तथा शान्ति समाज दाङका का.वा.अध्यक्ष कोमल डिसीको अध्यक्षता तथा लुम्विनी प्रदेश सभाका सदस्य प्रचण्ड विक्रम न्यौपानेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहभागीहरुले पछिल्लो समयमा देसमा शुसासन कायम नभएको भन्दै जताततै वेथिति मैलाएको भन्दै दण्डहिन्तको अन्य हुन नकेको प्रति चिन्ता व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि लुम्विनी प्रदेश सभा सदस्य प्रचन्ड विक्रम न्यौपाने, मानव अधिकार बोलन नसक्ने र बोल्न सक्ने सवैलाई आवश्यक भएको बताए । उनले राजनिति दलहरु प्रति जनताको वितृष्णा पलाएको भन्दै राजनीति दलहरू सुधिर्नु पर्ने बताए । अव यो भएन उभएन भनेर शान्ति समाजले मात्र खवरदारी गर्ने होइन हामी सवैले आफ्नो दायित्व पुरा गर्नु पर्छ, उनले भने । अव नेताहरु पनि जनता प्रति उदरदायि हुनुपर्छ नागरिका सवै कुराहरु पुरा गर्न नसकेपनि आधारभुत आवश्यकता पुरा गर्न तर्फ लाग्नु पर्छ, न्यौपानेले भने । उनले देशमा युव युवती पलायन भएको भन्दै त्यस तर्फ पनि सवैले सोचने बेला आएको बताए । उनले लोकतन्त्रको विकल्प नभएको भन्दै लोकतान्त्रमा मात्र मानवअधिकार संरक्षण हुने बताए । उनले राजनिति कमाउनका लागि नभई समाज सेवा भएको बताए ।

कार्यक्रमममा नेपाली काँग्रेस दाङका जिल्ला सचिव बालिका लम्साल, समाजका पूर्व वरिष्ठ केन्द्रीय उपसभापति सुशील बस्नेत, बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर केसी, दंगिशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी, केन्द्रीय अध्यक्ष रामकृष्ण बराल, महिला नेतृ सुष्मा गिरी, तुलसीपुर खानेपानीका अध्यक्ष यमकान्त भण्डारी, तुलसीपुर नगरजेसीजका अध्यक्ष शालिकराम वलीलगायले बोलेका थिए । त्यस्तै एनव्यावसनका केन्द्रिय सदस्य प्रकश शर्मा तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष रुपबहादुर खत्रील नेपाल नेत्रज्योति संघ दाङका सहसचिव चिरञ्जीवि रिजालले मानवअधिकार तथा शान्ति समाजका संस्था अध्यक्ष डिल्लीराज धिताल शान्ति समाजका पूर्व केन्द्रीय उपसभापति मोहन प्रसाद धिताल, सदस्य निर्मला गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष यज्ञबहादृुर विक र प्रगति प्रतिवेदन कोषाध्यक्ष अमृतप्रसाद शर्माले प्रस्तुत गरेका थिए ।