तुलसीपुर खानेपानीलाई एनएमबि बैंकको सहयोग

असोज १५, २०८०


दाङ, १५ असोज । एनएमबि बैंक तुलसीपुर शाखाले तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थालाई प्रविधिको सामाग्री सहयोग गरेको छ । खानेपानी संस्थालाई प्रविधिसंग जोडन र सेवालाई चुस्त दुरुस्त बनाउनको लागि एक/एक थान ल्याप्टप र प्रिन्टर सहयोग उपलब्ध गराएको एनएमबि बैंक तुलसीपुर शाखाका प्रमुख रमेश रेग्मीले जानकारी दिनुभयो ।

पछिल्लो समय प्रविधिले सेवामा सहजता थपेको भन्दै छिटो छरितो काम गर्नको लागि खानेपानी संस्थालाई १ लाख मूल्य बराबरको ल्याप्टप र प्रिन्टरसहयोग गरेको उहाँको भनाई छ । प्रविधिले सजिलो मात्र नभएर क्षमता अभिवृद्धिमा पनि सहयोग पुग्ने प्रमुख रेग्मीले बताउनुभयो ।

एनएमबि बैंकले बिगतदेखि नै सामाजिक उत्तरदायित्व अन्तर्गत नागरिकलाई प्रत्यक्ष सहयोग पुग्ने गरि काम गर्दै आएको छ । बैंक अफ द एयर २०१७, २०१८, २०२०, २०२१ र बैंक अफ द एयर यसिया २०२१ बाट सम्मानित यो बैंकले सामाजिक काम गर्दै आएको छ ।