राप्ती आँखा अस्पतालको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

कार्तिक ०२, २०८०


तुलसीपुर, २ कार्तिक । राप्ती आँखा अस्पतालको आयोजनामा २०८० सालको बडा दशै, शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

अस्पतालका मे.सु डा. सन्तोष सुवेदीको अध्यक्षता तथा नेपाल नेत्रज्योति संघका केन्द्रिय सदस्य कृष्णकुमार गिरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै गिरीले अन्धोपन न्यूनिकरणमा सवैले साथ सहयोग दिनुपर्ने बताए । उनले नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज, अन्तर्गत सञ्चालित आँखा अस्पतालहरुले दिएको सेवा प्रभावकारी भएको बताए । आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका गिरीले जिल्लामा विशिष्टकृत सेवाहरु दिएको भन्दै अझै थपगदै जाने बताए । उनले बडा दशै, शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना दिए ।

कार्यक्रममा नेपाल नेत्रज्योति संघ दाङका सदस्य प्रनवकुमार खड्का, त्यस्तै कोर्निया रोग विशेषज्ञ डाक्टर ज्योति सापकोटा, एकाडेमीक चिफ डा. सुरेश रसाइली, स्वास्थ्य कर्मी रमेश गिरी, विष्णु खनाल, सन्तोष शर्मा , मिना मल्ल, मानबहादुर वली, विष्णप्रसाद भण्डारी, मानबहादुर वली, सुरेश चौधरीलगायतले शुभकामना व्यक्तगरेका थिए । कार्यक्रममा राप्ती आँखा अस्पतालका निमित्त प्रशासक शालिकराम गौतमले स्वागत सहित अस्पतालको गतिविधिको विषयमा प्रकाश परेका थिए । त्यस्तै दृष्टि विशेषज्ञ ओमप्रकाश यादवले आँखा अस्पतालले दिएका सेवाहरु र लेखापाल होम चौधरीले आर्थिक गतिविधिको वारेमा जानकारीका साथै शुभकामना दिएका थिए । कार्यक्रमको सहजिकरण सूचना अधिकारी बालाराम खड्काले गरेका थिए ।