हलदेखि युट्युबसम्म दयाहाङको कब्जा

मङि्सर ०३, २०८०


यतिबेला नेपाली फिल्म क्षेत्रमा दयाहाङ राइको नै बोलबला छ । दयाले एक बर्षमा कम्तीमा एक दर्जन फिल्ममा काम गरिरहेका छन् । हिजोआज दयाको फिल्म नभई चल्दैन भन्ने खालको सोच समेत फिल्म क्षेत्रमा परिसकेको छ । उनै, दयाले अभिनय गरेको फिल्म ‘दिमाग खराब’ हलमा लागिरहेको छ । फिल्मको व्यापार उत्साहजनक छ ।

एकातिर, यो फिल्मले व्यापारिक रुपमा सफलता पाइरहेको समयमा युट्युबमा पनि दयाहाङको कब्जा छ । दयाले अभिनय गरेका ५ वटा फिल्म युट्युबमा सार्वजनिक भएका छन् । एक महिनायता दयाका ५ वटा फिल्म युट्युबमा रिलिज भएका छन् ।

ती पाँचै वटा फिल्मले दर्शकको उच्च साथ पाएका छन् । ३ साता अगाडि रिलिजमा आएको फिल्म ‘फूलबारी’ले युट्युबमा १ करोड भ्यूज पाइसकेको छ । यस्तै, एक महिना अगाडि रिलिज भएको फिल्म ‘दुई नम्बरी’ले युट्युबमा ९४ लाख भ्यूज पाइसकेको छ ।

यस्तै, दयाको नै मुख्य भूमिका रहेको फिल्म ‘बिहे पास’ ४ दिन अगाडि रिलिज भयो । यो फिल्मले युट्युबमा ३३ लाख भ्यूज पाएको छ । यस्तै, ५ दिन अगाडि रिलिज भएको फिल्म ‘के घर के डेरा’ले युट्युबमा ३७ लाख भ्यूज पाएको छ । यस्तै, २ साता अगाडि रिलिजमा आएको फिल्म ‘कबड्डी ४’ले युट्युबमा ९४ लाख भ्यूज पाएको छ । यी पाँचै फिल्ममा दयाहाङ राई केन्द्रिय भूमिकामा छन् ।

हलमा दर्शकले दयाकै फिल्म हेरिरहेका छन् । यता, युट्युबमा पनि दयाका ५ वटा फिल्मले नै दर्शकको साथ पाइरहेका छन् । यसरीहेर्दा, हलदेखि युट्युबसम्म दयाकै कब्जा देखिएको छ ।