ज्ञान दीप कलेजमा बिजि एकाउण्टिङ कक्षा सञ्चालन

मङि्सर २९, २०८०


तुलसीपुर, मंसिर २९, ज्ञान दीप कलेज तुलसीपुर दाङमा बिजि एकाउण्टिङ कक्षा सञ्चालन गरिएको छ ।ब्यबहारिक शिक्षालाई आत्मसाथ गर्दै बजारमा बिक्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्न कलेजले बिजनेश एकाउण्टिङ सफ्टवयर तालिमको सुरुवात गरेको ज्ञानज्योति फाउण्डेसनका सिइओ सुरेन्द्र जिसिले जानकारी दिनुभयो ।

पछिल्लो समयमा बिदेश जानेहरुको होडबाजी रहेको भन्दै अभिभावकलाई ऋणको भारि बोकाएर अध्ययनकै लागि बिदेश जान नहुने उहाको भनाई रहेको छ । शुक्रबार एक कार्यक्रमका बिच एक महिना देखि सञ्चालनमा रहेको बिजि एकाउण्टिङ कक्षाका सहभागी बिद्यार्थीहरुलाई प्रमाणपत्र बितरण गरिएको थियो ।
प्रमुख अतिथिको रुपमा सहभागी हुनुभएका तुलसीपुर उधोग बाणिज्य सघंका महासचिव बिनिल केसीले बजारमा दक्ष जनशक्तिको खाचो भएको बताउनुभयो ।

महासचिव केसीले बिद्यार्थीहरुलाई सकारात्मक सन्देश प्रवाह गर्दै बिदेशको लहरबाट रोकेर देशको सेवा गर्ने बाताबरण श्रृजना गर्नुपर्नेमा जोड दिनुभयो । उहाले भन्नु भयो “युवा शक्तिलाई रोक्नका लागि उधमशिलता र देश बिकासको मोडेल परिवर्तन गर्नु पर्छ ।” कार्यक्रममा प्रशिक्षक चार्टर अकाउण्टेन्ट उज्वल थापा, मनोज कुमार केसी, पत्रकार महासघं दाङका कोषाध्यक्ष शरद रेग्मी लगायतकाले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियोे ।