स्वास्थ्यकर्मी संघ दाङकाे अध्यक्षमा हरी पुन चयन

पुष २८, २०८०


दाङ, २८ पुस । नेपाल स्वास्थ्यकर्मी संघ जिल्ला कार्यसमिति दाङमा नयाँ नेतृत्व आएको छ । शनिवार भएको जिल्ला अबिधेशनले हरीबहादुर पुनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको खुला उपाध्यक्षमा डिल्ली आचार्य, महिला उपाध्यक्षमा कविता शर्मा, उपाध्यक्ष सरकारीमा नारायण शर्मा, निजीमा चिरिन्जीवी ढकाल, मस्वासेमा धना जिसी, समावेशी उपाध्यक्षमा ववि महत निर्वाचित भएका छन । त्यसै गरि सचिवमा रुपलाल पाण्डे, कोषाध्यक्षमा रमेश बुढाथोकी, सहसचिवमा विरेन्द्र खडका, रमिता गौतम, तिला जिएम, रेग विक्रम राना निर्वाचित भएका छन । समितिको सदस्यमा कृष्ण आचार्य, कुलराज चौधरी, विष्णु भण्डारी, राजदेवि चौधरी रहेका छन ।

जिल्ला अध्यक्ष रेणु श्रेष्ठको अध्यक्षतामा तथा नेपाली काँग्रेस जिल्ला सभापति शंकर प्रसाद डाँगीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा पूर्व अध्यक्ष बसन्त आचार्य, काँग्रेस क्षेत्रीय सभापति हिम बहादुर डाँगी, निजामति कर्मचारी युनियनका दाङ जिल्ला अध्यक्ष श्रीधर अधिकारी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।