तुलसीपुरमा सानदार मःम घरको उद्घाटन

माघ ०४, २०८०


तुलसीपुर, ४ माघ । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले पछिल्लो समय व्यवसायीक क्षेत्रमा युवा आकर्षण बढ्र्दै गएको बताउनुभएको छ । तुलसीपुरको घोराही रोडमा आजदेखि सञ्चालनमा आएको सानदार मःम घरको उद्घाटन गर्दै अध्यक्ष चालिसेले व्यापारसंगै उपभोक्ताको स्वास्थ्यलाई समेत ख्याल गरेर व्यवसाय गर्न आग्रह गर्नुभयो । विभिन्न समयमा बासी खानाका परिकारहरू दिने गरेको गुनासो उपभोक्ताबाट आउने गरेको बताउँदै यस तर्फ तुलसीपुरमा सञ्चालनमा रहेका होटेल तथा मःम घरहरु सचेत हुन अध्यक्ष चालिसेले निर्देशन दिनुभयो ।