लोक संस्कृति भित्र अपाच्य शब्द र भद्दा दृश्य भित्रिदै : रामजी खाँड

माघ २५, २०८०


माघ २५, लोकप्रिय तथा चर्चित लोक दोहोरी गायक रामजी खाँडले लोक संस्कृति भित्र अपाच्य शब्द र भद्दा दृश्यले समाजमा विकृति पैदा गरेको बताउनुभएको छ ।

चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाको आयोजनामा भएको कार्यक्रममा बोल्दै गायक खाँडले समाजमा भएको विकृति विसंगति रोक्न सञ्चार माध्यमको भूमिका प्रमुख हुने बताउनुभयो । उहाँले भन्नुभयो, पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगले लोक संस्कृति भित्र मौलिकपना हराउँदै गएको छ । साक्षात्कार कार्यक्रममा बोल्दै खाँडले नेपाली कला संगीत भित्र अराजकता भित्र्याउने हरुलाई सञ्चार माध्यमले महत्व दिएन भने आफै विलीन हुँदै जाने बताउनुभयो ।

विगत र वर्तमानको कला संस्कृतिमा धेरै अन्तर हुँदै आयको छ । एक दशक अघिको लोक संस्कृति र अहिले वर्तमान अवस्थाको लोक संस्कृति पृथक हुँदै गएको छ । उहाँले भन्नुभयो, पहिला हामीले कति दुःख गर्थ्यो तर अहिले हेर्नुहोस सामाजिक सञ्जाल हेरे पुग्छ । नेपाली कला संस्कृति मौलिकपन र लोक संस्कृतिलाई बचाउन चलचित्र पत्रकार संगले गरेको काम प्रति खुसी ब्यक्त गर्दै पहिलो पटक यसरी लाेक सगित र कलाकारिताकाे विषयमा पत्रकार सग छलफल गर्न पाएकाेमा खुसि ब्याक्त गरेका थिय ।

चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाका अध्यक्ष सन्तोष के.सी.को अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य सघका सल्लाहकार शरद रेग्मी गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण संघकि सचिव निरला अर्यालले गर्नुभएको थियो ।