तुलसीपुर महोत्सव : गायक चक्र बमको धमाकेदार प्रस्तुति

फागुन ०६, २०८०


तुलसीपुर, ६ फागुन । तुलसीपुर महोत्सव–२०८० मा आइतवार दर्शकहरुले १० बजेदेखि नै मनोरञ्जन गरे । आज अधिकांश चर्चित कलाकारहरुको प्रस्तुति भएको हुँदा दर्शले भरपुर मनोरञ्जन लिने अवसर पाएको महोत्सव मूल आयोजक समितिका संयोजक तथा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले जानकारी दिनुभयो ।

चक्र बमले ‘लालवाला कुर्ती नला ओए काजल, पहाडिया बिगर गइल’लगायतका दर्जनबढी गित गाएर दर्शकलाई मनोरञ्जन दिए । आफ्ना सबैजसो गितमार्फत युवापुस्तामा आफ्नो प्रभाव जमाउन सफल बमले तुलसीपुरका दर्शकमाझ पनि धमाकेदार प्रस्तुति राखेर उत्तिकै माया बटुले । देउडा तथा टप्पा गितमार्फत आफ्नो पहिचना बनाउन सफल गायक बमका सबैजसो गितहरु भाइरल छन् ।

त्यस्तै ‘एक दिन उज्यालो छाउला, मेरो पनि दिन आउला’लगायतका गितमार्फत गोविन्द मधुर आचार्यले पनि दर्शकको माया बटुले भने दिन ढल्दै गर्दा आएकी कोमल ओलीले ‘तुलसीपुरमा म जाँदा खेरी, भेट भयो गज्जबको तन्नेरी’ बाट दर्शकहरुलाई पुनः उत्साहित गराइन भने ओलीले लामो समयपछि ‘बाँझो खेतमा छड्के सलाम छ, मायालाई पहिलो भेटमा’ गायर बिदा भइन ।

आज दिनभर स्टलहरुमा किनमेल पनि उत्तिकै चल्यो । महोत्सव समापनको दिन नजिदिदै गर्दा महोत्सवको सांगितिक, तृत्य तथा अभिनयको अवलोकनसँगै दर्शकहरुले किनमेललाई पनि प्राथमिकता दिएका छन् । स्टलहरुमा प्रायजसो दैनिक उपभोग्य वस्तु घरायसी सामग्री तथा लत्ताकपडाका व्यवसाय बढ्दो छ । भोलि गायिका टीका पुन, ऋतु कँडेल, उमादेवी खनाल, गायक प्रेम विवस घर्ती, प्रेमप्रकाश वलीलगायतका कलाकारहरुको प्रस्तुति रहने सांस्कृतिक संयोजक रुपबहादुर खत्रीले जानकारी दिनुभयो ।