वेस्ट इन्डिज ‘ए’विरुद्ध आज चौथो खेल खेल्दै नेपाल

बैशाख २०, २०८१


 नेपालले वेस्ट इन्डिज ‘ए’ सँगको टी–२० सिरिजको चौथो खेल आज खेल्दैछ । उक्त खेल टीयु क्रिकेट मैदानमा दिउँसो सवा १२ बजेबाट सुरु हुनेछ ।

बुधबार भएको सिरिजको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई ७६ पराजित गरेको थियो । त्यस्तै आइतबार भएको दोस्रो खेलमा नेपाल वेष्ट इन्डिज ‘ए’ सँग १० रनले पराजित भएको थियो ।

शनिबार भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गरेको थियो । पाँचौं तथा अन्तिम खेल वैशाख २२ गते हुनेछ ।

टी-२० विश्वकपको तयारीमा रहेको नेपालले वेस्ट इन्डिज ‘ए’ सँग घरेलु मैदानमा ५ टी२० खेल खेलिरहेको हो । घरेलु मैदानमा पाँच खेल खेलिसकेपछि नेपाली टोली वेस्ट इन्डिज प्रस्थान गर्ने तालिका रहेको क्यानले जनाएको छ ।