आँचल र विवेकको ‘वर एण्ड बधु’ भदौ १४ मा रिलिज

असार २३, २०८१


चलचित्र ‘वर एण्ड बधु’को रिलिज मिति लिएको छ । मिलन चाम्सको निर्देशनमा तयार भएको यो चलचित्र भदौ १४ गतेबाट देशभरका हलमा रिलिज हुने निर्माणपक्षले जनाएको छ । तिजको छेको पारेर रिलिज गर्न लागिएको हो । 

आँचल शर्मा र नव–नायक विवेक कर्माचार्यको मुख्य भूमिका रहेको चलचित्रमा  गरिमा शर्मा, विजु पार्की, हिमेश पन्त, श्रृष्टी खड्का, विजय लामा, किरण केसीलगायत कलाकारको अभिनय छ । जानुका थापाको लगानी रहेको चलचित्रमा अमित रिजाल कार्यकारी निर्माता छन् ।