चलचित्र पूर्ण बहादुरको सारङ्गी धनी र गरिब बीचको संघर्ष हो : अभिनेता विजय बराल

कार्तिक ०७, २०८१


कार्तिक ७, यहि कात्तिक १५ गतेबाट देश भरी प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र पूर्ण बहादुरको सारङ्गीका कलाकारसँग चलचित्र पत्रकार सघ नेपाल दाङ शाखाले साक्षात्कार गरेको छ । प्रचार प्रसारका लागि दाङ आएको टिमसँग बुधबार एक कार्यक्रमकाे आयोजना गरि तुलसीपुरमा साक्षात्कार गरिएको हो ।


चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाका अध्यक्ष सन्ताेष केसीको अध्यक्षतामा भएको कार्यक्रममा चलचित्र ‘पुर्ण बहादुरको सारंगी’ का कलाकार विजय बराल, मुकुन भुसाल, अन्जना बराइली, बाल कलाकार स्वयं केसी तथा गायक प्रशान्त सेवाकोटी लगायतका कलाकारहरु सहभागी थिय ।

कलाकार मुकुन्द भुसालले कलाकार र पत्रकारको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्ने बताउनु भयो । पुर्वदेखि पश्चिम दाङसम्म आइपुग्दा चलचित्र `पुर्ण बहादुरकाे सारङगी´ लिएर दर्शकहरु उत्साहित भएको उहाँको भनाइ थियो । “चलचित्रकाे कथा अलि फरक छ खास गरेर निम्न वर्गीय समुदायमा रहेर आफ्नो छाेरालाई ठुलाे मान्छे बनाउने संघर्षकाे कथा छ” उहाँले भन्नुभयो “धनी र गरिबले गर्ने संघर्ष धेरै फरक छ ।” विपन्न वर्गीय समुदायको चलचित्र हेर्नका लागि दर्शकहरु आउनुपर्छ भनेर प्रचार प्रसारमा सहयोग गर्ने आग्रह गर्नु भएकाे थियाे ।

त्यस्तै कलाकार अन्जना बराईलीले विपन्न समुदायको अवस्था ४० बर्ष भन्दा अगाडि के कस्तो थियो भन्ने कुरा चलचित्रमा प्रस्तुत गरिएको बताउनुभयो । अभिनेता मुकुन भुसालले चलचित्र सामाजिक तथा बस्तुमा आधारित भयकाे र हरेक परिवारकाे कथा समावेश भएको बताउनुभयो चलचित्र पत्रकार संघ लुम्बिनी प्रदेशका संयाेजक शिव पुनकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे सञ्चालन दाङ शाखा सचिव निरला अर्यालले गर्नुभएको थियो ।