दोस्रो लुम्बिनी प्रदेश स्तरिय खुला तेक्वान्दो प्रतियोगिता सुरु
कार्तिक १२, तुलसिपुर । दाङको तुलसिपुरमा आज देखि दोस्रो लुम्बिनी प्रदेश स्तरिय खुला तेक्वान्दो प्रतियोगिता २०८१ सुरु भएको छ । नेपाल तेक्वान्दो संघ लुम्बिनी प्रदेशको आयोजनामा अरनिको मैदान तुलसिपुरमा संचालित प्रतियोगिताको नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा पुर्व सिचाइ मन्त्री माननीय दिपक गिरिले उद्घाटन गर्नु भएको हो ।
उद्घाटन समारोह लाई सम्बोधन गर्दै गिरिले सिङ्गो राष्ट्रको सान र पहिचान बोकेको खेलकुद क्षेत्र अपेक्षाकृत ढंगले अगाडि बढ्न नसकेको बताउनु भएको छ । खेलकुद राज्यको चासो र चिन्तनमा पर्न सकेन हामी चार दशक अगाडि खेल्दा मार्सल आर्ट खेल आम नागरिकका लागि प्रतिबन्ध थियो अहिले त्यो अबस्था छैन तर खेलकुद अझै पनि आम नागरिकको पहुच भन्दा बाहिर हुनु राज्यले खेलकुद लाई हेर्ने दृष्टिकोण,चासो र चिन्तनमा कमि हुनु हो उहाले भन्नुभयो । राज्यको सिमित स्रोत साधनका बिच खेलाडीको लगनशीलता र मेहनतले राष्ट्रले हासिल गरेको उपलब्धीको उहाले तारिफ गर्नुभयो ।
कार्यक्रममा विशिष्ट अतिथी नेपाली काग्रेस दाङका सभापती संकर प्रसाद डागिले स्वस्थ अनि समृद्ध समाज निर्माणमा खेलकुदको अहम भुमिका रहेको बताउनु भएको छ । अबको खेलकुद राष्ट्रको समृद्धि संग जोडिनु पर्छ अनि मात्र समग्र खेलकुदको बिकास सम्भव छ उहाले भन्नुभयो । नेपाल तेक्वान्दो संघ लुम्बिनी प्रदेशका अध्यक्ष बिमल रिजालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य हेमन्त डागि,शान्तीनगर गाउँ पालिका अध्यक्ष प्रमोद बस्नेत,नेकपा एमाले तुलसिपुर नगर कमिटि अध्यक्ष रुप बहादुर खत्री,नेपाल तेक्वान्दो संघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष मोहन सुनार लगाएतले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो ।
संघका उपाध्यक्ष जित बहादुर केसिको स्वागत रहेको कार्यक्रममा गोरखा माबी तुलसिपुरको थारु संस्कृती झल्कने नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रमको संचालन रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मिले गर्नु भएको थियो । तीन दिन सम्म संचालन हुने प्रतियोगितामा गेरुगी फाइट पुरुष तर्फ २५,२९,३३,३७,४१,४५,४९,५४,५८ र ६३ केजि तौल तथा महिला तर्फ २५,२८,३१,३३,३७,४०,४३,४६,४९ र ५३ केजि तौल समुहमा प्रतिस्पर्धा हुनेछ ।
त्यस्तै पुम्से १२,२७,२१ र प्लस ४० वर्ष मुनि महिला,पुरुष सिङ्गल तथा पियरमा प्रतिस्पर्धा हुने तेक्वान्दोका प्रशिक्षक सुमन घले ले जानकारी दिनु भएकोछ । प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्लाका ७ सय ४६ जना महिला पुरुष खेलाडी, रेफ्री,जुरि र अफियल ४० गरि ७ सय ८६ जना सहभागीता रहेको प्रशिक्षक घले ले जानकारी दिनुभयो ।