दक्षिण भारतीय अभिनेता प्रदीप रावत आइतबार नेपाल आउँदै
मङि्सर ०१, २०८१
दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता प्रदीप रावत भोलि (आइतबार) नेपाल आउने भएका छन्।
आफू अभिनीत नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ हेर्न र नेपाली दर्शक भेट्न ‘गजनी भिलेन’ रावत काठमाडौं आउन लागेका हुन्।
उनी श्रीमतीसहित आइतबार दिउँसो काठमाडौं आइपुग्ने फिल्मका निर्देशक चन्द्र पन्तले बताए।
‘दिउँसो १/२ बजे काठमाडौं आइपुग्नु हुन्छ। त्यसपछि काठमाडौंका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गर्नुहुनेछ,’ पन्तले भने। ह्रस्व दीर्घ’ मा रावतले अभिनेत्री नीता ढुंगानाको बुवाको भूमिकामा अभिनय गरेका छन्। रावत यसअघि यो फिल्मको छायांकनका लागि काठमाडौं आएका थिए।