एनपीएल : चितवन राईनोजको बिजय सुरुवात

मङि्सर १७, २०८१     खगेन्द्र सुनार


क्रिकेट एसोसिएसन अफ नेपाल (CAN)ले पहिलोपटक आयोजना गरेको नेपाली क्रिकेटको महाकुम्भ (NPL)एनपीएलको दोस्रो खेल काठमाडौँ गोरखाज र चितवन राइनोज बीच सम्पन्न भयो। उक्त खेलमा काठमाडौँ गोरखाज लाई चितवन राइनोज ले पाँच विकेटले पराजित गरेको छ।
तस हारेर करण के.सी . को कप्तानीमा रहेको काठमाडौँ गोरखाज ले निर्धारित २० ओभरको खेलमा २० ओभर खेल्दै ९ विकेट गुमाएर १११ रन को लक्ष्य दिएको थियो। काठमाडौँ गोरखाजका सुमित महर्जनले ४१ बल खेल्दै सर्वाधिक २९ रन बनाए।चितवन राइनोज का सोहिल तनवीरले ४ ओभर बलिङ गर्दै २१ रन खर्चेर पाँच विकेट लिँदै काठमाडौँ गोरखाज को ब्याटिङ लाइनलाई दबाबमा राखेका थिए।
जवाफी ब्याटिङमा उत्रिएको कुशल मल्लको कप्तानीमा रहेको चितवन राइनोज १७.१ ओभर खेल्दै११२ रनको टार्गेट १७ बल बाँकी रहँदै सम्पन्न गर्यो।
चितवन राइनोज लाई जित दिलाउन सन्तोष कार्किले ३१ बल खेल्दै नट आउट २८ रन बनाए। प्रतियोगिताको प्लेयर अफ द म्याच चितवन राइनोज का सोहिल तनवीरले (५/२१)भए।