एनपीएल : कर्णाली याक्स लाई जनकपुर बोल्ट्सले हरायो, उत्कृष्ट प्रदर्शन गर्नबाट चुके चर्चित खेलाडी शिखर धवन

मङि्सर १७, २०८१     खगेन्द्र सुनार


नेपाल प्रिमियर लिग (NPL) क्रिकेट अन्तर्गत  कर्णाली याक्स  र जनकपुर बोल्ट्स बीच भएको खेलमा कर्णाली याक्स लाई जनकपुर बोल्ट्सले ८ विकेट ले हराएको छ । त्रिवी अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा सोमपाल कामी को कप्तानीमा रहेको कर्णाली याक्स ले टस जितेर  ब्याटिङको निर्णय गरेको थियो । त्यसपछि ब्याटिङ थालेको कर्णाली याक्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको थियो । भारतीय क्रिकेट टिमका पूर्व ओपनर शिखरधवन कर्णाली याक्समा आबद्ध भएसँगै सम्पूर्ण क्रिकेट प्रेमी हरुको नजर कर्णाली याक्समा परेको छ। जनकपुर बोल्ट्सका बलरहरूले एकदमै राम्रो प्रदर्शन गरे।
कर्णाली याक्सका लागि गुलसन झाले २७ बल खेल्दै तीन छक्का र एक चौकाको मद्दतमा एक्सका लागि सबैभन्दा बढी ३७ रन बनाए । भारतीय क्रिकेट टोलीका पूर्व ओपनर शिखर धवनलेले १४ बलमा १४ रन बनाएर बोल्ड आउट हुन पुगे । उनले सोचे जस्तो प्रदर्शन गर्न सकेनन्।
१४२ रनको लक्ष्य पछ्याएको  अनिल कुमार शाहको कप्तानिमा रहेको जनकपुर बोल्ट्सले १५.१ ओभरमा नै लक्ष्य पूरा गर्‍यो। कप्तान अनिल कुमार शाहले ४२ बलमा ३ छक्का र ६ चौका को मद्दतमा नट आउट ६२ रन बनाई कप्तानी पारी खेली टिमलाई दोस्रो जित दिलाए। प्रतियोगिताको प्लेयर अफ द म्याच जनकपुर बोल्ट्सका अनिल कुमार शाह भए।