संस्कार पाठशाला दाङद्वारा चित्रकला कार्यशाला सम्पन्न
मङि्सर २४, २०८१
मंसिर २४, संस्कार पाठशाला दाङका विद्यार्थीहरूलाई विद्यालयले चित्रकला कार्यशालामा सोमबार एक कार्यक्रमकाे आयोजना गरि सहभागी बनाएकाे छ । विद्यार्थीहरुलाई प्रकृतिको काखमै राखेर दृश्य अवलोकन गर्दै पेन्टिङ गर्ने अवसर विद्यालयले प्रदान गरेको हो । कार्यक्रम दाङको प्रसिद्ध धार्मिक एवम् पर्यटकिय स्थल १२ कुने दहमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा विद्यालयमा अध्ययनरत ३० जना विद्यार्थीहरु सहभागी भएका थिए । कार्यक्रममा विद्यार्थीहरुलाई पोषण आर्टका पोषण बस्यालले सहजीकरण गर्नुभएको थियो ।