ज्ञान ज्योतिमा एमबिए अध्ययन हुने

पुष ०४, २०८१


पौष ४, पश्चिम दाङको तुलसीपुर-६ मा रहेको ज्ञान ज्योति फाउन्डेसनले यसै शैक्षिक सत्रदेखि एमबिए कक्षा सञ्चालन गर्ने अनुमति प्राप्त गरेको छ । दुई वर्षे (चार सेमेस्टर) कार्यक्रम अन्तर्गत सञ्चालन हुन लागेको एमबिए कक्षा पश्चिम दाङमै पहिलो पटक ज्ञानज्योति फाउन्डेसनले सुरु गर्न लागेको हो ।

फाउन्डेसनका अनुसार एमबिए अध्ययनका लागि स्नातक तहमा कम्तीमा सेकेन्ड डिभिजन ल्याएको हुनुपर्नेछ । फाउन्डेसन अन्तर्गत सञ्चालित कलेज दाङ जिल्लाकै उच्च ब्यबस्थापनका साथ सञ्चालन भैरहेको कलेजको रुपमा परिचित छ । विद्यालयले विभिन्न समय र संकायमा उत्कृष्ट नतिजा ल्याउने गरेको छ ।

पश्चिम दाङका विद्यार्थीहरूलाई स्थानीय स्तरमै गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर दिनका लागि कलेजले यो कार्यक्रम सुरु गर्न लागेको हाे । कलेज प्रमुख सुरेन्द्र जिसीका अनुसार पश्चिम दाङमा उच्च शिक्षाका लागि नयाँ आयाम थप्ने उद्देश्यले एमबिए कक्षा सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।