युनाइटेड एकेडेमीको १८ औँ वार्षिकोत्सब सम्पन्न

माघ २०, २०८१


तुलसीपुर २० माघ । युनाइटेड एकेडेमी तुलसिपुर-३ दमारगाउ दाङकाे १८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस २०८१ सम्पन्न भएको छ । विद्यालय संचालक समितिका अध्यक्ष विमल गाैतमकाे अध्यक्षता , तुलसिपुर उद्योग वाणिज्य संघका अध्यक्ष वनिल केसिकाे प्रमुख अातित्थ्यता तथा नेशनल प्याव्सनकाे केन्द्रीय सदस्य भिम वहादुर वुढाथाेकि र जिल्ला अध्यक्ष भाेजराज न्याैपानेकाे विशिष्ट अातित्थ्यतामा कार्यक्रम भएको थियाे ।

साे अवसरमा वाेल्दै प्रमुख अतिथि केसिले ग्रामीण क्षेत्रमा निजि विद्यालय संचालन गर्नु अाफैमा चुनाैतिपुर्ण रहेकाे भन्दै त्यसलाई चिरेर विद्यालयले दियकाे गुणस्तरीय शिक्षाले यहाका वालवालिकाकाे भविष्य उज्जवल भएको भन्दै प्रशंसा गर्नु भयाे । केसिले निजि विद्यालयहरुले गुणस्तरीय शिक्षा मार्फत सरकारकाे ठुलाे दायित्व वाेध गरिदियकाे हुदा सरकारि तवरबाट समेत निजि विद्यालयहरुलाई सहुलियत दिनु पर्नेमा जाेड दिनु भयाे ।

कार्यक्रममा वाेल्दै विशिष्ट अतिथि द्वय वुढाथाेकि र न्याैपानेले निजि लगानिमा संचालित प्राईभेट स्कुलका कारण नेपालकाे शिक्षाा माथि उठेकाे भन्दै राज्यवाट दिने सेवा सुविधावाट भने वन्चित गरेेकाे वताउनु भयाे ।
साे अवसरमा विद्यालयका पुर्व अध्यक्ष झरेन्द्र खरेल, वन महासंघ तुलसिपुुरका अध्यक्ष रक्षा काफ्ले, रिपोर्टस क्लव दाङका अध्यक्ष शरद रेग्मी, चलचित्र पत्रकार संघ दाङका अध्यक्ष सन्ताेष केसि, प्रेस सेन्टर तुलसिपुरका अध्यक्ष टेकराज भण्डारी अभिभावक दिपक खडका, जीवन प्रेमि वाेडिङ स्कुलका प्रिन्सिपल तिलक हमाल लगायतकाले शुभ कामना व्यक्त गर्नु भएको थियाे ।

वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा विद्यार्थीहरुले विभिन्न आकर्षक गतिविधिहरू प्रस्तुत गरेका थिय । विद्यार्थीहरूले समसामयिक विषयहरूमा आफ्ना विचार प्रस्तुत गर्ने वक्तृत्वकला प्रतियोगिता, विज्ञान प्रदर्शनी, विविध संस्कृतिहरू झल्कने सांस्कृतिक नृत्य, संगीत, चित्रकला, नाटक तथा कविता वाचन जस्ता प्रतिभा प्रदर्शन गरेका थिय । साे अवसरमा वार्षिकोत्सबका अवसरमा आयाेजना गरिएका खेलकुद प्रतियोगिताकाे विजेताहरुलाई प्रमाणपत्र ,मेडल तथा ट्रफि प्रदान गरिएको थियाे भने वर्ष उत्कृष्ट शिक्षकमा सिर्जना वलि र वर्ष उत्कृट अभिभावकमा साेेमै र परियार सम्मानित हुनु भएको थियाे ।

कार्यक्रममा अभिभावक, विद्यार्थी, शिक्षक तथा स्थानिय समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो भने कार्यक्रमकाे संचालन विद्यालयका पुर्व प्रिन्सिपल कुलदिप गाैतमले गर्नु भएको थियाे ।