एन्फा यु-१६ युथ लिगमा ज्ञान ज्योतिका सर्जन श्रेष्ठको उत्कृष्ट प्रदर्शन

माघ ३०, थ्री स्टारले एन्फा यु- १६ युथ लिगमा बुधबार हिमालयन शेर्पा क्लबविरुद्ध ५-० को फराकिलो जित दर्ता गरेको छ । जितसँगै थ्री स्टारले १३ खेला २८ अंक जोडेको छ । पराजित हिमालयन शेर्पाको समान खेलबाट ११ अंक छ ।
सोमबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा थ्री स्टारलाई जित दिलाउन सर्जन श्रेष्ठले दुई तथा रोशन तामाङ, सूर्य बोहरा र भुपेन्द्र बहादुर रावतले समान एक गोल गरे ।
दाङ तुल्सीपुरका सर्जन ज्ञान ज्योति माध्यमिक विद्यालय कक्षा ११ मा अध्ययनरत छात्र हुन् । विद्यालय तथा जिल्ला स्तरमा हुने खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्ने सर्जन यसपटक एन्फा यु-१६ युथ लिगमा थ्री स्टार क्लबबाट खेलिरहेका छन् ।
खेलको १४ औं मिनेटमा रोशनको पेनाल्टी गोलमार्फत थ्री स्टारले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा सूर्यले टोलीको अग्रता दोब्बर बनाए । सिर्जनले ४९ र ५१औं मिनेटमा गोल गर्दा थ्री स्टारको अग्रता ४/० मा पुग्यो । ५४ औं मिनेटमा भुपेन्द्रले गोल गर्दै थ्री स्टारलाई ५/० को सहज जित दिलाए ।