मेट्रो कलेजमा अनुसन्धान गोष्ठी

फागुन १६, २०८१


लुम्बिनी बौद्ध विश्वविद्यालय अनुसन्धान केन्द्रको आयोजनामा र तुलसीपुर मेट्रो कलेजको संयोजनमा अनुसन्धान गोष्ठीको आयोजना गरिएको छ । २ दिनसम्म सञ्चालन हुने गोष्ठीमा अनुसन्धान आलेख लेखन सम्बन्धि विभिन्न विद्धानहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको कलेज प्रमुख बसन्त आचार्यले जानकारी दिनुभयो ।

अनुसन्धान लेखन सम्बन्धि ज्ञान प्रदान गर्ने हेतुले आयोजना गरिएको तालिममा लुम्बिनी बौद्ध विश्वविद्यालय अनुसन्धान केन्द्रका सदस्य डा भोजराज कडरिया, महेन्द्र बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख डा। नारायण पन्थी, नेपाल संस्कृत विश्वविद्यालका परीक्षा नियन्त्रक डा बाबुराम आचार्य,लुम्बिनी अनुसन्धान केन्द्रका संयोजक सुमन्तराज न्यौपाने लगायतले अनुसन्धान लेखन सम्बन्धि विभिन्न विषयमा सहजिकरण गर्नुहुनेछ । अनुसन्धान लेखनमा अभिरुचि राख्ने ३५ जनाको गोष्ठीमा सहभागिता रहेको छ ।