लोकतान्त्रिक प्यानलका उम्मेदवारले पाए चुनाब चिन्ह

फागुन २६, २०८१


फाल्गुन २६, तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका उम्मेदवारहरुलाई सोमबार निर्वाचन समितिले चुनाब चिन्ह प्रदान गरेको छ । नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक प्यानलका अध्यक्ष पदका उम्मेदवार यमकान्त भण्डारीले ‘घडी’ चुनाब चिन्ह पाएका छन् । भण्डारी नेतृत्वको टिमको उपाध्यक्ष पदका उम्मेदवार नारायणप्रशाद शर्माले ‘भाले’, सचिव पदका उम्मेदवार रञ्जनकुमार गौतमले ‘माछा’ र कोषाध्यक्ष पदका उम्मेदवार भोला थापाको भागमा ‘पुतली’ चुनाब चिन्ह प्राप्त गरेका छन् ।

त्यस्तै भण्डारी नेतृत्वकै टिममा खुल्ला सदस्य तर्फ प्रमोदकुमार योगी (शरद) ले ‘चस्मा’ र बुद्धिराम चौधरीले ‘कार’ चुनाब चिन्ह प्राप्त गरेका छन् । त्यस्तै महिला सदस्यहरु तर्फ लुमा बुढा मगरले ‘डमरु’, सुष्मा अधिकारीले ‘चरा’ र शारदा सार्कीले ‘हात्ती’ चुनाब चिन्ह प्राप्त गरेका छन् । निर्वाचन समितिका संयोजक प्रदीपककुमार धितालका अनुसार उम्मेदवारहरुले आँफै चुनाब चिन्ह रोजेका थिए । सोमबार बेलुका ४ बजेसम्म उम्मेदवारहरुलाई चुनाब चिन्ह प्रदान गर्ने समय सीमा रहेको छ ।